डा. नवीनबन्धु पहाडी
शकुनि पासा फ्याँकिरहन्छ
र उग्राउँछ, मूल चुसेर नपुगेपछि,
चाटिरहन्छ भाँडावर्तनको लेस पनि।
शकुनि
मेरो इमान देख्दैन,
परिश्रम देख्दैन
र देख्दैन आफ्नो बाहेक कसैको भोक।
त्यसैले,
आजकाल शकुनि हजार आँखाले हेर्छ,
सयौँ हातले टिप्छ।
के भएको छ कुन्नि उसको भोकलाई!
मैले खाएको पनि मन पर्दैन,
मैले हाँसेको पनि रुच्दैन,
र मेरो हरेक काममा ऊ
तगारो हालेर रमाउँछ।
खासमा शकुनि आजकाल
तपाईं, तपाईं, र तपाईं पनि हो?
किंवा मभित्र पनि अलिकति सल्काइदिनुभयो हँ?
वाह! शकुनि-समय!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।