आरजु चौधरी
चिसो बतासले छुन्छ बिहानीमा,
पहाडको काँधमा रविले सुन छर्छ।
झ्यालबाट छिर्छ सुनौलो किरण,
मनमा निर्मल शान्ति भर्छ।
निर्मल आकाश मुस्कुराउँछ माथि,
डाँडापारि किरणको स्पर्श फैलिन्छ।
चराको मीठो कलरव गुञ्जिन्छ,
फूलको सुवास बतासमा फैलिन्छ।
टाढाबाट कुनै मधुरो धुन बग्दा,
ब्युँझन्छन् सपना, नयाँ आशा जाग्छ।
यो बिहानी मेरो, नितान्त मेरो,
यही पलमा सदा हराउन मन लाग्छ।
सेवार–८, घोराही, दाङ


