रमेश खनाल
कुन सर्जकको अनुपम सिर्जना हो यो—
प्रकृति?
जसले रचेको छ संसारको सबैभन्दा शान्त,
सबैभन्दा सूक्ष्म चमत्कार!
सायद,
उसको उत्कृष्टतम कृति— फूल हो,
जो आफ्नो अस्तित्वको घोषणा
सुगन्धमार्फत मात्र गर्छ।
शब्द बोल्दैन,
दम्भ गर्दैन,
चुपचाप ओइलाउँछ,
र माटोमै विलिन हुन्छ।
तर,
त्यसै सर्जकको
सबैभन्दा त्रुटिपूर्ण रचना—
मानव हो सायद!
जो निरन्तर लडिरहन्छ उसैका विरुद्ध,
जो सृष्टिकर्ता हो।
जित्ने सपना देख्छ
तिनै मूलहरूमाथि,
जसले उसलाई जीवन दिएका थिए।
तर त्यो नासमझ मानवले
नबुझेको एउटा सत्य छ—
जब प्रकृति मौनता भङ्ग गर्छ,
जब ऊ ताण्डव नाच्छ,
मानव— केवल दर्शक मात्र रहन्छ;
असहाय, निरीह,
अनि विस्मित!
भूमिकास्थान–१, अर्घाखाँची
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।