Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: ३२ | हाम्रो कथाघर

पुस २७, २०८२

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

पुस २५, २०८२

कविता: जब म गाउँ फर्कनेछु | हाम्रो कथाघर

पुस २५, २०८२

कविता: खण्डहर सपनाको पहाड | हाम्रो कथाघर

पुस २५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

गैर आख्यान - निबन्ध
ज्ञानेन्द्र विवशज्ञानेन्द्र विवशसाउन ३, २०८२386 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

ज्ञानेन्द्र विवश


कोही-कसैप्रति अनायासै माया लाग्छ। कोही-कसैप्रति अनायासै घृणा पनि जाग्छ। मान्छेको चेतन-अवचेतन मनको यो प्रतिक्रिया हुनुपर्छ।

वास्तवमा मानव मनको गहिराइमा लुकेका यी दुई प्रबल भावहरू हुन्— माया र घृणा। कहिलेकाहीँ तिनको उत्पत्ति यति रहस्यमय हुन्छ कि हामी आफैँ पनि छक्क पर्छौं। कुनै पूर्वतयारी, सम्झना, प्रभाव वा कारणविना नै कोही-कसैप्रति अनायासै मायाले भावुक बन्छ र ऊप्रति अप्रत्याशित मायाको भाव जाग्छ। सानै कुराले माया पलाउँछ, सानै कुराले घृणा जाग्छ।

त्यस्तै, कोही-कसैप्रति घृणाको ज्वारभाटा उम्लिन्छ। यो किन हुन्छ? के यो केवल हाम्रो जैविक बनावटको परिणाम हो, वा यसमा अझ गहिरो, अदृश्य शक्तिले काम गरिरहेको हुन्छ?

माया र घृणालाई हामी अक्सर विपरीत ध्रुवका रूपमा लिन्छौँ, तर यिनको उत्पत्ति कहिलेकाहीँ एउटै बिन्दुबाट भएको भान हुन्छ। जीवनका पानाहरू पल्टाउँदै जाँदा, हामीले यस्ता अनगिन्ती घटनाहरू भेट्टाउँछौँ जहाँ एउटै व्यक्तिप्रति मनमा प्रेम र घृणा दुवैको अनुभूति भएको हुन्छ। यो विरोधाभासले हामीलाई झनै अलमल्याउँछ।

अनायासै जाग्ने माया र अनायासै लाग्ने घृणाको भावले मेरो निबन्धको यो सिलसिलामा आफैँभित्र कौतूहल जगाउन थाल्छ।

मायाको उत्पत्ति प्रायः तर्कभन्दा पर हुन्छ। यो एक सहज आकर्षण हो, एक अदृश्य डोरी, जसले दुई आत्मालाई बाँधेर राख्छ। कहिलेकाहीँ त पहिलो भेटमै यस्तो लाग्छ, मानौँ हामीले त्यस व्यक्तिलाई युगौँदेखि चिनेका छौँ। उसको बोली, उसको हाँसो, उसको उपस्थितिले मात्र पनि मनमा अनौठो शान्ति र आनन्दको अनुभूति पैदा गर्छ। यो कस्तो रसायन हो? के यो पूर्वजन्मको सम्बन्ध हो? वा हाम्रो अवचेतन मनले कसैमा आफ्नै प्रतिच्छाया देखेको हो?

मनोवैज्ञानिकहरू यसलाई भावनात्मक प्रतिध्वनि भन्न रुचाउँछन्। हाम्रो मनले कसैको स्वभाव र अस्तित्वमा आफ्नो लागि एक प्रकारको सामञ्जस्य देख्छ। यो सामञ्जस्य कहिलेकाहीँ शारीरिक रूपमा प्रकट हुन्छ भने कहिले मानसिक वा आध्यात्मिक रूपमा प्रस्तुत हुन्छ।

मधुर मुस्कान, आँखाको एक चम्किलो झलक, वा मृदु स्पर्शले पनि मनमा मायाको बीउ रोपिदिन सक्छ। यसमा कुनै स्वार्थ हुँदैन, कुनै लेनदेनको भाव हुँदैन। यो एक निःस्वार्थ समर्पण हो। यसले हामीलाई अझ पूर्ण बनाउँछ र अर्थपूर्ण जीवन बाँच्न सिकाउँछ।

अनायासै जाग्ने घृणाको भावमा पनि कतै बचेखुचेको माया रहिरहेको हुन्छ। कुनै स्पष्ट कारणविना नै हामी कसैप्रति तीव्र घृणाको अनुभूति गर्न पुग्छौँ। कसैको चालचलन, बोली वा व्यवहारले हाम्रो मनमा असहजता ल्याउँछ, जसले स्वतः रिस र वितृष्णाको भाव पैदा गर्न सक्छ। भन्न सकिँदैन यो कस्तो प्रतिक्रिया हो! के यो हाम्रो सुरक्षात्मक संयन्त्र हो, जसले हामीलाई सम्भावित खतराबाट बचाउँछ?

घृणा प्रायः डर र असुरक्षाबाट जन्मन्छ। जब हामी कसैलाई आफूभन्दा भिन्न, खतरापूर्ण वा आफ्नो मूल्य-मान्यताविपरीत देख्छौँ, तब घृणाको भाव जाग्न सक्छ। यो कहिलेकाहीँ आफ्नै अज्ञानता र बुझाइको कमीबाट पनि उत्पन्न हुन्छ। हामीले कसैलाई राम्ररी नचिनिकन, उसका वास्तविक भावना र उद्देश्यहरू नबुझिकन नै एउटा नकारात्मक धारणा बनाइदिन्छौँ। वस्तुतः यसलाई हामी अक्सर ‘पूर्वाग्रह’ पनि भन्छौँ।

उदाहरणार्थ, समाजमा जातीय, धार्मिक वा क्षेत्रीय आधारमा देखिने घृणा यसैको उपज हो। मानिसहरूले एकअर्कालाई नचिनिकन नै, पुरानो धारणा र गलत सूचनाको आधारमा घृणा गर्न थाल्छन्। यो घृणाले समाजलाई टुक्रा-टुक्रा पार्छ, सम्बन्धहरूमा फाटो ल्याउँछ र अन्ततः दुवै पक्षलाई पीडा दिन्छ।

तथापि, माया र घृणाको गहिरो अन्तर्सम्बन्ध हुन्छ। माया र घृणा दुवै मानव अनुभवका अभिन्न अङ्ग हुन्। यिनको उत्पत्ति कहिलेकाहीँ यति तरल र अस्पष्ट हुन्छ कि हामीलाई छुट्याउनै गाह्रो पर्छ। कुनै बेला अत्यधिक प्रेमबाट नै गहन घृणाको जन्म हुन सक्छ, जब अपेक्षा र वास्तविकताबीच ठूलो खाडल उत्पन्न हुन्छ। त्यस्तै, कहिलेकाहीँ घृणाको पर्दापछाडि गहिरो बुझाइ र सहिष्णुताको सम्भावना लुकेको हुन्छ, जुन सही समय र परिस्थितिले उजागर गरिदिन्छ।

वास्तवमा यी दुवै भाव हाम्रो नियन्त्रणभन्दा बाहिर हुन सक्छन्, तर हामीले तिनलाई कसरी व्यवस्थापन गर्छौं भन्ने कुरा हाम्रै हातमा हुन्छ। अनायासै जागेको मायालाई कसरी पोषण गर्ने र अनायासै जागेको घृणालाई कसरी मेटाउने भन्ने कुरा अन्ततः हाम्रो परीक्षा पनि हो।

सायद, जीवनको सुन्दरता यसैमा छ कि हामी यी दुई शक्तिशाली भावहरूको बीचमा सन्तुलन कायम गर्दै अगाडि बढ्न सकौँ। यसरी नै हामी आफ्नो कोमल मनको अथाह गहिराइलाई अझ बढी बुझ्न सक्छौँ र सार्थक जीवनको सोपानमा सहजै पदार्पण गर्न सक्छौँ।

कसैले एक झलक हेरेरै ‘मन जित्न’ सक्छ। कोही थाहै नपाई ‘मनभित्र’ पसिसक्छ। अझ कोही त त्यस्ता पनि हुन्छन्, जो न त बोल्छन्, न त हाँस्छन्, तर मनभित्र मिठो सुगन्धजस्तै फैलिन्छन्। आँखामा राख्दा पनि नबिझाउने ‘लालगैँडी’ जस्तै हुन्छन्।

फेरि, कतिपय अनुहार त एकपल्ट देख्नासाथ नै विरक्ति लाग्छ, घृणा जाग्छ— कुनै पूर्वाग्रहविना, कुनै स्पष्ट कारणविना। ‘किन यस्तो हुन्छ?’ भन्न सकिँदैन।

कसैलाई थोरै माया पनि ‘धेरै’ हुन्छ, कसैलाई धेरै माया पनि ‘थोरै’ हुन्छ। मानिसको मन एउटै समयमा दुई फरक ध्रुवमा पनि पुग्न सक्छ। त्यो शुद्ध तर्कले होइन, गहिरो अनुभूति र अन्तरात्माको सुस्केराबाट सञ्चालित हुन्छ। मनले अनुभूति गर्छ— कहिले बिनास्पर्श, बिनाशब्द, बिनापूर्वजानकारी।

माया अनायासै पल्लवित हुनपुग्छ। माया अनायासै पुष्पित हुन थाल्छ। बिस्तारै त्यसबाट मायालु मुस्कान र सुमधुर सुगन्ध हावासरी फैलिन थाल्छ।

सायद त्यो आँखाको एउटा मधुरो तर गहिरो दृष्टिमा केही थियो, जसले भित्र कतै बिर्सिएको भाव झकझक्यायो। त्यसले प्रेमको प्रकम्पन प्रस्तुत गरायो। त्यो प्रकम्पनमा शान्ति थियो, जहाँ जान नसकिए तापनि र पुग्न नपाए पनि पुगिएजस्तो अनुभूति हुन्थ्यो।

यति हुनु भनेको सन्तुष्टिको क्षण हो। हामीले जीवनको कुनै अधुरो कथाको अधुरो पात्र भेटिएझैँ लाग्यो, जसलाई हामीले भुलेका थियौँ, तर सम्झेर खोजिरहेका थियौँ।

माया लाग्ने यो अनुभव कुनै इन्द्रिय आकर्षण मात्र होइन। त्यो कुनै अदृश्य तन्तुजस्तो हो, जुन दुई मनबीच अकस्मात् तानिन्छ— केही नदेखिने, तर प्रबल; साँध नदेखिने, तर नछेँडिने।

माया र घृणा दुवै भाव मनको अगाध जलाशयभित्र उर्लिने छालजस्तै हुन्। हामीलाई लाग्न सक्छ, यी भावना अहिले, यत्तिकै, अचानक उत्पन्न भए। तर होइन, यो छाल, यो तरङ्ग जीवनभरि उर्लिरहन्छ! प्रायः ती मनभित्र लुकेर बसेका कथा-व्यथाहरूका अंश हुन्, जसको विषयमा हामीलाई पूर्ण बोध नहुन सक्छ।

कहिलेकाहीँ माया लाग्नु भनेको एउटा पराई आत्मा र आफूबीचको चुपचाप सम्झौता हो, जुन भाषाले बुझ्दैन, आँखाले देख्दैन, केवल मनले महसुस गर्न सक्छ। अपितु, घृणा भनेको आत्मा र पीडाबीचको यस्तो अव्यक्त टकराव हो, जसलाई समयले मात्रै बुझाउँछ। यी दुवै सिकाइका माध्यम हुन्, जीवनयात्राका पाठ हुन्।

हामी जुनसुकै भावनाबाट गुज्रिरहेका भए तापनि त्यो अनुभव हो, त्यो पाठ हो। मायाले हामीलाई खुल्न सिकाउँछ, जीवनलाई मिठास दिन्छ, दुःखलाई बिर्साइदिन्छ अनि सुख र सन्तुष्टिलाई निम्त्याइदिन्छ। घृणाले हामीलाई चेताउँछ; हामी कुन घाउबाट अझै निको भएका छैनौँ भनेर सचेत गराउँछ।

वास्तवमा, माया त्यो रमाइलो सङ्गीत हो भने घृणा त्यो मौनता, जसमा आफ्नै मनको आवाज सुन्नुपर्छ।

त्यसैले, कोही-कसैप्रति अनायासै माया लाग्दैमा ‘आत्तिनु’ पर्दैन। कसैप्रति घृणा जाग्दैमा पनि त्यसले जीवनभरि ‘निष्ठुरीपन’ कायम राखिरहँदैन। यो यथार्थमा एउटा जीवनले अर्को जीवनलाई बुझ्न दिएको ‘सन्देश’ हो।

लाग्छ— मन कुन बेला, कुन भावमा डुब्छ? त्यो त चेतनाले होइन, चेतनाभन्दा परको कुनै अदृश्य हातले लेखेको कथा हो। त्यही कथालाई बुझ्ने कोशिश गर्नु नै हामी आफैँलाई चिन्ने यात्रा हो जस्तो मलाई लाग्छ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा ज्ञानेन्द्र विवश निबन्ध

यो पनि पढ्नुहोस्...

नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा | हाम्रो कथाघर

संस्मरण: बाल्यकाल | हाम्रो कथाघर

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: रमनीया | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: ३२ | हाम्रो कथाघर

पुस २७, २०८२

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

पुस २५, २०८२

कविता: जब म गाउँ फर्कनेछु | हाम्रो कथाघर

पुस २५, २०८२

कविता: खण्डहर सपनाको पहाड | हाम्रो कथाघर

पुस २५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.