Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथा: पैसा | हाम्रो कथाघर

लघुकथा: पैसा | हाम्रो कथाघर

आख्यान - लघुकथा
शरण रेग्मीशरण रेग्मीसाउन ९, २०८२336 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

शरण रेग्मी


कुबेरले भन्ने गर्थ्यो: “पैसाले मान्छे बिक्दो रहेछ; खराबलाई असल र असललाई खराब बनाउँदो रहेछ; नैतिकता, समाचार, कथा, हाँसो र खुसी सबै किन्न सकिँदो रहेछ। पैसा नै मनोबल रहेछ।”

पैसाले नयाँ क्षितिज छुने धुनमा उसले पिताको नाममा रहेको खेतबारी बिक्री गर्‍यो। चाउरी परेर झोलिएका अनुहार लिएर बसेका मातापितासँग बिदा भई, जन्मेको घरलाई मसानघाटमा रूपान्तरण गर्दै ऊ अमेरिकातिर लाग्यो। पैसा र आधुनिकतामा रमाउने जिजीविषा बोकेर, कस्तुरी मृगले आफ्नो सुगन्ध खोजेझैँ ऊ अमेरिका पुग्यो।

उसले बिरानो देशमा धेरै सङ्घर्ष गर्‍यो। आफ्नो पढाइ सकेपछि रात-दिन नभनी यन्त्रवत् पैसा कमायो। अमेरिकी नागरिकता पाएपछि त ऊ यति खुसी भयो, मानौँ संसारमा ऊभन्दा खुसी प्राणी अरू कोही छैन।

महँगो कार किन्यो, अत्याधुनिक सुविधासम्पन्न घर किन्यो र मातापिताको आग्रहलाई लत्याएर एउटी उतैकी नयाँ प्रेमिकासँग विवाह गर्‍यो। अफसोस! केही महिनापछि नै उनीहरूको सम्बन्धविच्छेद भयो। उसलाई आफू बसेको धर्ती नै भासिएजस्तो लाग्यो। बिचरा कुबेर! उसले सम्झिन सकेका सबै देवीदेउतालाई पुकाऱ्यो, जिससलाई पुकाऱ्यो तर कसैले नसुनेपछि क्यालिफोर्निया नै थर्किने गरी रुन मन लाग्यो। ऊ आफ्नो कार र घरमा धुरुधुरु रोयो।

उसको मस्तिष्क अतीततिर विचरण गर्न थाल्यो: पैसाप्रतिको उसको मोह, मातापिताको दुःख, उहाँहरूको नेपाल फर्कने आग्रह र उसको नफर्कने अडान, पिताको जङ्गलमा भएको मृत्यु, आमा मृत्युशय्यामा छटपटिँदा नेपाल फर्कन नपाएको क्षण, मातापितालाई दागबत्ती दिन नपाएका तीता पलहरू र अन्ततः पैसाको नतिजा। मनलाई जति सम्झाउन खोजे पनि वरिपरिको सुनसानले उसलाई निरीह र असहाय बनायो।

ऊ दिनप्रतिदिन गल्दै गयो। अल्कोहल, वाइन र ड्रग्स नै उसका नजिकका साथी बने। बिस्तारै ऊ डिप्रेसनको रोगी बन्यो। आकाशमा कालो बादल मडारिएको एक दिन; घर छिर्ने गेटको भित्रपट्टि उसको लास भेटियो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

पैसा लघुकथा शरण रेग्मी

यो पनि पढ्नुहोस्...

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: कमलिकान्त जिन्दावाद! | डा. नवीनबन्धु पहाडी | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथा: दृष्टिविकास | हाम्रो कथाघर

लघुकथा: कुसंस्कार | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.