मैले —
समाजसेवा गरेँ,
तर म समाजसेवी होइन ।
परोपकार गरेँ,
तर म परोपकारी होइन ।
कसैको आँसु पुछिदिएँ,
तर म सहानुभूतिको प्रतीक होइन ।
मैले घाउ देखेँ, मलम लगाएँ,
तर म चिकित्सक पनि होइन ।
म —
त्यही दर्जामा बस्न चाहन्छु
जुन दर्जा यो समाजले
मेरो बाहिरी बनावट हेरेर दिएको छ ।
म एक भयानक गुण्डा हुँ!
किनकि मैले लामो कपाल पालेको छु ।


