Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » व्यक्तिचित्र: छ दशक नाघेका लोकमान टुहुरेको साहित्यिक चेत | रामचन्द्र न्यौपाने | हाम्रो कथाघर

व्यक्तिचित्र: छ दशक नाघेका लोकमान टुहुरेको साहित्यिक चेत | रामचन्द्र न्यौपाने | हाम्रो कथाघर

नवपुस्ता लेख: व्यक्तिचित्र
रामचन्द्र न्यौपानेरामचन्द्र न्यौपानेभदौ ११, २०८२446 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मानिसको जन्म अतीतसँग जोडिएको हुन्छ, लाग्छ। कोही किन वैज्ञानिक हुन्छन्, कुनै शिक्षाबिना? कोही किन कवि हुन्छन्, केही नपढीकन? मान्छे केही हुनलाई नभएर केही भएर जन्मिएका हुन्छन्। उदाहरणका लागि कैयौँ मानिसहरू छन्। भारतमा हलधर नाग नामका प्रख्यात कवि छन्, जो कहिल्यै स्कुल गएनन्। हाम्रो समाजमा यस्ता मानिस नहोलान् भन्न सकिन्न। हामीले ख्याल गर्दैनौँ र बेप्रवाह भइदिन्छौँ।

कवि लोकमान टुहुरेको जन्म सङ्खुवासभाको मकालु वडा नम्बर ४ मा बुबा विर्खमान र आमा सरुमाया विकको कोखबाट भएको थियो।

उनी सामाजिक विकृतिको घोर विरोध गर्छन्। उनले जीवनमा धेरै हन्डर र ठक्कर खाएका छन्। आफ्नै आमाबुबा र दाजुभाइको साथ नपाएपछि उनी आफूलाई टुहुरो ठान्छन्।

उनको नजरमा जिन्दगी भनेको केही होइन। तर उनी सम्मान र परिवर्तनको आश गर्छन्। समाजका विकृति र विसङ्गतिका कारण उनी कविता लेख्छन्, गीत गाउँछन् र असल नागरिक तथा समाज सुधारकको भूमिका कवितामार्फत गर्न खोज्छन्।

उनले आफ्नो तनाव मेटाउनका लागि भए पनि कविता लेख्छन्। समाजमा रहेका मानिसहरूले उनलाई नदेखे वा नसुने पनि उनी लेख्न र सुनाउन छोड्दैनन्। कविताको लतका कारण उनको ‘जनताको गीत राजनीतिक नाटक’ कविता सङ्ग्रह कुनै पार्टीको माध्यम अथवा सहयोगमा प्रकाशन भएको हो।

व्यावसायिक रूपमा उनी कल बोरिङको काम गर्छन्, जुन उनको गुजाराको बाटो बनेको छ। अर्जुनधारा-४ रातेखालमा उनी कृषि कार्यसमेत गर्दै आएका छन्। जिन्दगीमा उनले गिट्टी कुट्ने, रिक्सा चलाउनेदेखि मानिसले गर्ने सबै काम गरिसकेको बताउँछन्।

कक्षा तीनसम्म पढेका कवि टुहुरे पारिवारिक समस्याका कारण पढ्न नपाएको र पढ्ने ठूलो धोकोलाई त्याग्नुपरेको बताउँछन्।

देश परिवर्तनका लागि युवाशक्ति अगाडि आए देशले मुहार फेर्छ भन्ने उनको आशय छ। देशमा भ्रष्टाचार भएको कारण देश अघि नबढेको र परिवर्तन केही भए पनि सोचेजस्तो नभएको उनी बताउँछन्।

खासै नपढेका कारण उनी सुनेको र देखेको भरमा ज्ञान आर्जन गर्छन्। कवि हुने ठूलो धोको रहेको उनी बताउँछन्।

अझै पनि उनलाई धेरैले चिन्दैनन्। तर गाउँभरि उनी ‘कवि टुहुरे’ नामले परिचित छन्। पारिवारिक रूपमा उनको दुई विवाह भएको बताइन्छ।

उनका दुई कविताहरू:


१. कविता: एक मधेश एक प्रदेश विरोध

एमाले केपी ओली राजनेता भए,
देश टुक्र्याउन नदिन ठूलै कसम खाए ।
मेची-काली अभियान केपी ओली थाले,
मधेशमा र्‍याली भाषण ठूलै आगो बाले ।

मधेश फर्की केपी ओली बोल्दैछन् ,
एमालेमा जनता सबै आउँदैछन् ।

एक मधेश एक प्रदेशको विरोधमा जनताको साथ,
नेपालीको समर्थन नरहे झुक्नेछ हाम्रो माथ ।
केपीको यो कदमलाई स्वागत गर्नुपर्छ,
देश टुक्र्याउन खोज्नेलाई देश निकाला गर्नुपर्छ ।

अघि बढ केपी, हामी छौँ तिम्रो साथ,
जनता उठ्छन् मिलाई हातमा हात ।

अब आउने चुनावमा केपी ओली बहुमत,
मधेश, पहाड सबै जान्छ एमालेलाई भोट ।
सबै पार्टी तल पर्छन्, एमाले पार्टी पहिलो,
एमालेका केपी ओली राजनीति छ गहिरो ।

केपी ओली जनताको ‘हाई-हाई’ छन्,
अरू पार्टी सबैलाई ‘बाइ-बाइ’ गर्छन्।

२. कविता: किसानको गीत

किसानी दाइ, हलो फरुवा खेतमा गर्छन् काम,
खेती गर्ने किसानीको छैन देशमा नाम ।
चर्को घाम र दर्के पानी किसान जोत्ने हलो,
रोप्ने बेलामा पानी छैन, खेती हुन्छ बाँझो ।

उन्नत जातको बीउ र मल बाँडिदेऊ,
पम्पसेट बोरिङ किसानलाई गाडिदेऊ ।

किसान दाइ हलो जोत्छन्, खेतमा उड्छ धुलो,
असारमा घाम लाग्यो, छैन यिनको कुलो ।
यिनको खेतमा बोरिङ छैन, छैन कुलो-पैनी,
धान रोप्न पानी छैन, खेतमा दल हानेनी ।

जोत्छन् खेत धान रोप्न भनेर,
दल छरेर बस्छन् है रोएर।

समयमा पानी छैन, खेतै हुने बाँझो,
खेती गर्ने किसान त सबै भए नाङ्गो ।
सिँचाइ बोरिङ केही छैन, किसानको खेतमा,
किसानको खेती बाँझो, अनिकाल देशमा ।

खानेकुरा किसान दाइ उब्जाउँछन्,
कृषि नेपाल यिनैले चिनाउँछन् ।

राँगा, भैँसी, गाई, गोरु, बाख्रा, खसी पाली,
खेतबारीमा लाउँछन् यिनले धेरै खाले बाली ।
हाँस, कुखुरा, सुँगुर, बुङ्गुर किसानीको पेसा,
पोखरी खनेर पाल्छन् यिनले माछा ।

दाल, चामल, मासु र माछा,
किसान दाइ त रुँदैछन् लौ आज ।

खेती जति किसानको प्लटिङमा गयो,
कुलो-पैनी चल्ने खेतमा बिल्डिङ बनी गयो ।
पानी-पैनी चल्ने खेतमा किन बन्यो घर ?
किसानले खेती अब गर्छन कहाँ गर ?

खेतीयोग्य जग्गा प्लटिङ नगर,
कृषि नेपाललाई मरुभूमि नपार ।

कुलो-बोरिङ हुने खेत किसानलाई देऊ,
बोरिङ र पानी नहुनेमा प्लटिङ गरी लेऊ ।
बोरिङ कहाँ हुन्छ होला, नेपाली माटो जाँच्नु,
सिँचाइ बोरिङ हुने ठाउँमा किसानलाई राख्नु ।

बोरिङ नहुनेलाई प्लटिङ गरिदेऊ,
बिल्डिङ घर त्यहीँ ठाउँमा बनाइदेऊ ।

खेतीयोग्य जग्गालाई सरकार गर कब्जा,
कुलो-पैनीको नक्सा हेरी जग्गा गर रोक्का ।
बोरिङ-पैनी हुने खेतलाई भिट्टा मा रोक,
साँचो कुरा लेखेँ मैले, सरकार पनि सोच ।

यसो गरे नयाँ नेपाल बनिएला,
कृषि प्रधान नेपाल विश्वमा चिनिएला ।

अनिमात्र नेपाल पनि विश्व धनी हुन्छ,
नेपालको जनतालाई खान-लाउन पुग्छ ।
आकाशे खेतीलाई प्लटिङमा लैजाऊ,
घर बनाएर गरिब जनता किस्ताबन्दीमा बाँडिदेऊ ।

|| इतिश्री ||


कवितामा पार्टीप्रतिको आस्था भए पनि समयसँगै विचारहरू परिवर्तित हुन्छन्। सामाजिक समस्या ज्यूँका त्यूँ रहेको कुरा अवगत नै छ।

कविता कुनै खास शैलीमा नभए पनि पठन र मननयोग्य छन्। अहिले उनी जीवन भोगाइहरू लेख्दै छन्। अक्षरसँग उनको साइनो गासिएको छ, प्रित बसेको छ।

उनी आफ्ना गीतहरू कण्ठस्थ पार्छन् र सुनाउँछन्। निकै मीठो गीत गाउँछन्। उनी भन्छन्: “म मरेँ भने पनि मलाई कवि टुहुरे मरे भनेर चिनून्। यति नै मैले जिन्दगीमा खोजेको हुँ।”

उनले नपढेका भए पनि उनीसँग साहित्यिक चेत छ। धेरैले नचिने पनि लेख्न छोड्दैनन्। कविताप्रतिको मोह छ। यस्ता प्रतिभाहरूलाई सम्मान गर्नुपर्छ। उमेरले छ दशक नाघे पनि उनी अझै जागरूक छन्।

उनलाई थप ऊर्जा प्राप्त होस् भन्ने शुभकामना छ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कवि लोकमान टुहुरे रामचन्द्र न्यौपाने व्यक्तिचित्र

यो पनि पढ्नुहोस्...

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

विश्व कविता दिवस

उत्तरकथाको आवश्यकता, औचित्य र भविष्य

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.