के छ हो ?
तिम्रोतिरको प्रकृतिको कायापलट
हाम्रोतिर त-
भू-माफियाको कहरले
पाखा र पहाडलाई पखाला चलेर
खोलाखोल्सी महिनावारी बेहोर्दैछ ।
छैन नि हो बरै !
फाँटहरूका सुन्दर अनुहारमा चमक
खेतका गराहरूमा परेको छ अलकत्र
फल्न छाडेका छन्
प्राण धान्ने अनगिन्ती तरकारी र बाली
बरु बदलामा फल्दैछन्
अनेक आकारका चिरिचट्ट परेका इँटा ।
हुँदै छ नि हो बिजोग-रमाइलो
झुर झेलीहरूको निगाहमा दबेर
बिचरा खोलाहरू
बाटो खोज्दै बस्तीमा छिर्दै छन् ।
बस्तीका युवाहरू
आधारभूत खुसी किन्न
आफूलाई आफैँ बेचिरहेछन्
पराई मुलुकहरूमा…!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।