तिम्रो मुस्कानले
मेरो बिहानीको सुरुवात हुन्छ,
तिम्रै यादहरूमा
मेरा हरेक साँझहरू ढल्दछन्,
मुना !
तिम्रो साथले
जीवनको हरेक पल पूर्ण लाग्छ,
तिम्रो मायामा
मेरो सम्पूर्ण संसार अटाउँछ,
मुना !
कसरी भनूँ
तिमी मेरो लागि
कति खास छ्यौ ?
मेरा हरेक सपना र आशा
तिमीमै फुल्छ,
मुना !
तिम्रो प्रेमले मलाई
यस्तो शक्ति दियो कि,
जिन्दगीका हरेक चुनौतीसँग
लड्न आँट जुटाउँछ,
मुना !
यो सम्बन्ध होइन,
यो त एउटा अमरता हो,
जहाँ तिम्रो नाम
मेरो मुटुमा सधैँ गुन्जिरहन्छ,
मुना !
—०—
साँगुरीगढी-९, धनकुटा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।