तिम्रो मुस्कानले
मेरो बिहानीको सुरुवात हुन्छ,
तिम्रै यादहरूमा
मेरा हरेक साँझहरू ढल्दछन्,
मुना !
तिम्रो साथले
जीवनको हरेक पल पूर्ण लाग्छ,
तिम्रो मायामा
मेरो सम्पूर्ण संसार अटाउँछ,
मुना !
कसरी भनूँ
तिमी मेरो लागि
कति खास छ्यौ ?
मेरा हरेक सपना र आशा
तिमीमै फुल्छ,
मुना !
तिम्रो प्रेमले मलाई
यस्तो शक्ति दियो कि,
जिन्दगीका हरेक चुनौतीसँग
लड्न आँट जुटाउँछ,
मुना !
यो सम्बन्ध होइन,
यो त एउटा अमरता हो,
जहाँ तिम्रो नाम
मेरो मुटुमा सधैँ गुन्जिरहन्छ,
मुना !
—०—
साँगुरीगढी-९, धनकुटा


