❝
मनभित्र अवसादको बोझ पालेर
नबाँचुन् कोही संसारमा ।
जीवन त खुसी र उत्साह पाल्ने
एक माध्यम पो हो त !
जसलाई जीवन-जगत्ले
उपहारस्वरूप अङ्गीकार गरी
मान्छेको स्वरूपमा उभ्याएको छ
यस धर्तीमा ।
मान्छे सर्वश्रेष्ठ प्राणी
अनि मान्छे नै
सोचशक्तिमा अग्रणी
तर…,
अफसोच !
मान्छे नै लोभ, मोह
र मायाको मांसपिण्ड भएर होला
असन्तुष्टिको ज्वारभाटामा
यसरी पिसिएको छ
त्यसैले पनि ऊ
अवसादको बोझ बोकेर
बाँच्न बाध्य छ ।
❞
—०—
दमक
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

