❝
मनभित्र अवसादको बोझ पालेर
नबाँचुन् कोही संसारमा ।
जीवन त खुसी र उत्साह पाल्ने
एक माध्यम पो हो त !
जसलाई जीवन-जगत्ले
उपहारस्वरूप अङ्गीकार गरी
मान्छेको स्वरूपमा उभ्याएको छ
यस धर्तीमा ।
मान्छे सर्वश्रेष्ठ प्राणी
अनि मान्छे नै
सोचशक्तिमा अग्रणी
तर…,
अफसोच !
मान्छे नै लोभ, मोह
र मायाको मांसपिण्ड भएर होला
असन्तुष्टिको ज्वारभाटामा
यसरी पिसिएको छ
त्यसैले पनि ऊ
अवसादको बोझ बोकेर
बाँच्न बाध्य छ ।
❞
—०—
दमक


