❝
पहाडको छेउ र नदीको किनारमा,
मेरो सानो घर छ ।
त्यो नै मलाई प्यारो छ ।
स्वच्छ वातावरणसँगै,
फाँट लागेका खेतबारीको
मनोरम दृश्यको आनन्द आँगनबाटै
उठाउने अवसर पाउँछु ।
प्रकृतिसँग सुत्छु,
त्यहीसँगै बिउँझन्छु ।
यसको करिब हुन म कतै जानु पर्दैन,
म आफ्नो घरमा भए पुग्छ ।
गाउँभन्दा कोसौँ पर छ ।
न होहल्ला न त आधुनिकताको
धेरै प्रभाव;
बस्, कलकल बगेको खोला,
त्यसको आवाज र जीवजन्तुको
सामान्य दिनचर्या ।
मन शान्त हुन्छ यो सबै देखेर;
स्वर्गमा पनि स्वर्ग अवस्थित छ जस्तो
मलाई लाग्छ ।
❞
—०—
सेवार-८ घोराही, दाङ


