❝
तिमी छोरा मान्छे हौ, परिवारको अभाव छेक्नुपर्छ ।
ठूलो मान्छे हुनुपर्छ, त्यसैले पढ्नुपर्छ, लेख्नुपर्छ ।
भोलि कसैले नपत्याउलान्, संयमित हुन सिकिराख ।
छोरा मान्छेले आफ्नो बजेट हेरेर सपना देख्नुपर्छ ।
जहान सम्हाल्न कयौँ पटक, दुःखपिर खेप्नुपर्छ ।
आत्तिनेलाई सम्झाऊ तर मात्तिनेलाई सेक्नुपर्छ ।
बरालिएर सधैँ घुम्ने-फिर्ने समय सकियो अब ।
छोरा मान्छेले आफ्नो बजेट हेरेर सपना देख्नुपर्छ ।
छताछुल्ल भएर हुँदैन सबै, एकै ठाउँ समेट्नुपर्छ ।
आस गर्नु हुँदैन कसैको, आफैँ खुट्टा टेक्नुपर्छ ।
तडकभडक बिनाको व्रत गृहस्थ आश्रम चलाउन त,
छोरा मान्छेले आफ्नो बजेट हेरेर सपना देख्नुपर्छ ।
मार्नुपर्छ कयौँ चाहना, रहरको गला रेट्नुपर्छ ।
दगुर्ने-उछिन्ने धेरै अन्तर, नराखी दूरी मेट्नुपर्छ ।
जे-जे गरियो नजानेर सबै, गल्ती नहोस् फेरि कतै ।
छोरा मान्छेले आफ्नो बजेट हेरेर सपना देख्नुपर्छ ।।
सङ्घर्षका क्रममा दुःख आउँछन्, तिनीहरूलाई लखेट्नुपर्छ ।
हरेक समस्याको समाधान, अभ्यासबाट भेट्नुपर्छ ।
कसैको प्रेरणा बनियोस् बरु, निडर भएर अघि हेर ।
छोरा मान्छेले आफ्नो बजेट हेरेर सपना देख्नुपर्छ ।।
❞
—०—
लेटाङ्ग न. पा.-८, जाँते बजार, हाल: सेसेल्स, पूर्वी अफ्रीका
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

