बादल हटेर झलमल्ल घाम लाग्छ,
मेरो परिवेश, घरआँगन र
खेतका गरागरा उज्यालिन्छन् ।
स्वस्थ छ संसारजस्तै लाग्छ मलाई,
मेरो घरपरिवार पनि औसतमा खुसी छ ।
समयको फेरोमा
मेरो परिवारका सबै जनालाई
रुघाखोकी र ज्वरोले सिकिस्त पारेको हुन्छ ।
हामीलाई यस्तो भएकै बेला
अचानक कतैबाट
बादलको बाक्लो मुस्लो जम्मा भएर
घामलाई लुकाइदिन्छ,
सारा परिसर नै अँध्यारो हुन्छ,
पानी परिरहन्छ निरन्तर ।
मेरो घरको औसत खुसी र वेदनासँग
यो मौसमको
के सम्बन्ध छ हँ ???
–०००–
पैयुँ, पर्वत


