बादल हटेर झलमल्ल घाम लाग्छ,
मेरो परिवेश, घरआँगन र
खेतका गरागरा उज्यालिन्छन् ।
स्वस्थ छ संसारजस्तै लाग्छ मलाई,
मेरो घरपरिवार पनि औसतमा खुसी छ ।
समयको फेरोमा
मेरो परिवारका सबै जनालाई
रुघाखोकी र ज्वरोले सिकिस्त पारेको हुन्छ ।
हामीलाई यस्तो भएकै बेला
अचानक कतैबाट
बादलको बाक्लो मुस्लो जम्मा भएर
घामलाई लुकाइदिन्छ,
सारा परिसर नै अँध्यारो हुन्छ,
पानी परिरहन्छ निरन्तर ।
मेरो घरको औसत खुसी र वेदनासँग
यो मौसमको
के सम्बन्ध छ हँ ???
–०००–
पैयुँ, पर्वत
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।