उनको मौन चिच्याहटभित्र
अपमानका आवेगहरू छन्,
अज्ञानका हीनताबोधहरू छन्,
अटेरीपनका सम्झनाहरू छन् ।
झर्कोफर्कोका शृङ्खलाहरू छन्,
मन नबुझिदिएका व्यथाहरू छन्,
महिनावारीका पीडाहरू छन्,
प्रसवका वेदनाहरू छन् ।
ढङ्ग नपुगेका लाञ्छनाहरू छन्,
कसैलाई भलो गर्न नसकेका उदाहरणहरू छन्,
समय परिवेशसँगै आएका स्वास्थ्य समस्याहरू छन्,
माइग्रेनका वाकवाकी छन् ।
अल्सरका तुषहरू छन्,
बाथका दुखाइहरू छन्,
बाँच्ने रहरसँगै हाँसेका क्षणहरू छन्,
एक्लै रोएका पलहरू पनि छन् ।
विद्रोहका सङ्केतहरू छन्,
सामाजिक मूल्यका भयहरू छन्,
अबोधपनाको अँध्याराहरू छन्,
बाहिरका उज्यालाहरू छन् ।
एक्लिएको या एक्ल्याइएको अनुभवहरू छन्,
बाँचेर देखाएका कथाहरू छन्,
उनको मौनताभित्रको सबैभन्दा मीठो कुरा
सङ्घर्षबाट खारिँदै जीवन बुझेको प्रमाणहरू छन् ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।