क्लिनिकमा बिरामी आयो । पाँच दिनदेखि चरोमुसोधरि आएको थिएन; आज एकजना आयो । ‘घाट कुरे मुर्दा पाइन्छ’ भनेर उसै भनिएको होइन रहेछ ।
रिसेप्सनमा उसले विवरण टिपायो ।
रिसेप्सनिष्ट क्लिनिक चल्तीको हो भन्ने जनाउन केही प्रचलित ‘की–वर्ड’ प्रयोग गरी र भित्र पठाई दिई ।
विवरण बुझ्दै सामान्य जाँचबुझ गरें ।
बिरामीले दिएको विवरणमा सान्दर्भिक हुनसक्ने सम्मका ल्याबटेस्ट लेखें । ग्यास्ट्रिकको दवाई र पेनकिलरका केही आइटमहरू पनि लेखें । र, बिदा गरें ।
बेलुका रिपोर्ट लिएर आयो ।
सोधें– “कस्तो छ ?”
बिरामी भन्छ– “मलाई त काँडा झिकेजस्तै भयो; डाक्टर साहेब !”
रिपोर्टले पनि कुनै जटिल रोगको सङ्केत गर्दैन ।
घरभाडा महँगो छ । कर्मचारीलाई पनि थोरबहुत दिनै पर्छ । म आफू पनि कोही आउँछ कि भनेर बसेको छु । यस्ता सामान्य रोगका मात्र बिरामी आउने हो भने यो क्लिनिक कसरी चल्छ, हँ ?
भन्छु– “कतिपय रोगका लक्षण जटिल हुन्छन् । सामान्य जाँचमा देखिँदैनन् । एमआरआई लेखिदिएको छु । रिपोर्ट लिएर आउनुहोला ।”
डा. रमण भन्नुहुन्थ्यो– “पेसा टेक्निकले चल्छ । ख्याति र दाम कमाउने पनि टेक्निकले हो ।”
हो त; यति धेरै उपचार पद्धति छन् । यति विघ्न अस्पताल/क्लिनिकहरू छन् । कतिपय त धेरै एडभान्स पनि छन् । यस्तोमा क्लिनिकमा आएका पेसेन्टरूपी भगवानलाई आफूसँगै अल्झाई राख्ने टेक्निकमा चुकियो भने कसरी पेसा चल्छ ?
–०००–
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



