मलाई थाहा छैन।
मैले बोल्ने बोली,
म भित्रको व्यवहार,
मेरो आचार-विचार कस्तो छ थाहा छैन।
सबैको लोकप्रिय हुँदाहुँदै
आखिर किन म
अलोकप्रिय खराब हुन पुग्छु?
के-के लेख्न पुग्छु?
के-के भन्न पुग्छु?
के-के गर्न पुग्छु?
म भित्र किन यस्तो पागलपन, थाहा छैन।
म के गर्दै छु?
म किन गर्दै छु?
असल गर्दै छु वा
खराब गर्दै छु?
भोलि मेरो भविष्य
के हुने हो थाहा छैन।
मैले लेख्ने गरेका
मेरा गीत-गजलहरू
कहिले र्यापमा,
कहिले झ्यापमा,
कहिले बहरमा,
कहिले रहरमा,
सम्झिन्छु म
किन विवादास्पद भनेर!
–०००–
काठमाडौँ


