व्यापार पनि चलेकै थियो । तर उसलाई लाग्यो– ‘यतिमै सन्तुष्ट हुनु हुँदैन ।’
उसले व्यापार बाबुआमालाई सुम्पियो अनि ठेकेदारीमा हात हाल्यो ।
सुरुमा उसले काम पाएन । जब ऊसँग केटाहरू र ‘लिङ्क’ भयो, अनि अरू ठेकेदारले काम पाएनन् ।
केही वर्षदेखि ठेकेदारका रूपमा पनि ऊ राम्रै जमेको थियो । तर उसलाई लाग्यो– ‘सन्तुष्टिले अग्रगमनको बाटो थुन्छ ।’
ठेकेदारी भाइ–छोरालाई जिम्मा दियो अनि ऊ राजनीतिमा प्रवेश गर्यो ।
उसलाई लाग्यो– ‘लिङ्क’ नभईकन राजनीतिमा पनि खास केही छैन । अनि उसले पहिले ‘लिङ्क’ को खोजी गर्यो र केटाहरूको सङ्ख्या बढाइदियो ।
केही समयपछि नै ‘लिङ्क’ ले आफ्नो कमाल देखाउन थाल्यो । अनि उसले घोषणा गर्यो– “मलाई तलब–भत्ता केही चाहिँदैन । मैले पाउने रकम अनाथ बालबालिकाको कोषमा जाओस् ।”
अब उसको समाजसेवा र त्यागसँग राज्यसंयन्त्र परिचित छ ।
दिन दुगुना रात चौगुना वृद्धि भएको छ– उसको आर्थिक कारोबार । भन्छ– “यो सब भगवान्को कृपा हो ।”
अनियमितता हेर्ने राज्यका सबै संयन्त्रमा उसको ‘लिङ्क’ छ ।
‘उसले आर्थिक भ्रष्टाचार गर्यो’ भन्दा अब कसले पत्याउँछ ?
–०००–
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



