स्तन –
सिर्फ शरीर होइन,
सृष्टिको पहिलो द्वार हुन् ती,
जहाँ ब्रह्मको धार
दूध बनेर बग्छ ।
यहीँबाट बालकले सिक्दछ—
आमाको अर्थ,
स्पर्शको धर्म,
र प्रेमको आरम्भ ।
यिनैभित्र लुकेको छ त्यो गुप्त सङ्गीत,
जसले पुरुषको चेतना जगाउँछ,
र स्त्रीको करुणा
देवत्वको रूप धारण गर्छ ।
स्तन –
वासना पनि हुन्, वात्सल्य पनि ।
जसरी अग्नि – पोल्छ पनि,
न्यानोपन दिन्छ पनि ।
दर्शन भन्छ –
शरीरको बीचमा रहेको यो युग्म
सृष्टिको द्वैत लीला हो,
जहाँ रति र मातृत्व
एउटै सासमा भेटिन्छन् ।
जब पुरुष
वासना दृष्टिले हेर्छ –
ऊ संसारमा बाँधिन्छ ।
जब प्रेम दृष्टिले हेर्छ –
ऊ मुक्त हुन्छ ।
किनकि स्तन
स्त्रीको शरीर मात्र होइन,
जीवनको चिरन्तन घोषणा हुन् –
“म सृष्टिकर्ता हुँ,
म अन्न हुँ,
म अमृत हुँ ।”
–०००–
इटहरी, सुनसरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



