Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कविता: भ्रम | हाम्रो कथाघर

कविता: भ्रम | हाम्रो कथाघर

काव्य - गद्य कविता
सुशील लामासुशील लामापुस ५, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कविता: भ्रम

सुशील लामा

म मेरै को हुँ भनेर जान्न खोजेको
वर्षौंवर्ष भइसक्यो ।
न चिन्न सकेँ,
न बुझ्न सकेँ,
न पर्गेल्न सकेँ,
न आफूलाई आफ्नो परिभाषाले
परिभाषित गर्न सकेँ ।

यस्तो भ्रमको नदीमा
अन्योल गन्तव्य ताकेर बग्दै गर्दा,
एउटा आल्लारे ठिटो छेउमा आएर भन्छ –
“तिमी मेरो बा ।”
अर्की एउटी सानी केटी आएर भन्छे –
“तिमी मेरो बा ।”
वर्षौंदेखि जिन्दगीको जुवामा
सँगसँगै नारिएर हिँडेकी,
आधाउधी जीवन व्यतीत गरिसकेकी
एउटी पाकी महिला भन्छिन् –
“तिमी मेरो पति ।”
जीवनको भोगचलन खर्लप्पै भ्याइसकेका
एक जोडी वृद्ध दम्पती भन्दैछन् –
“तिमी हाम्रो छोरा ।”
त्यस्तै–त्यस्तै धेरै थरीका,
धेरै साइनोको जुइनो बोकेर
आएकाहरूको नजरमा
म के–के मात्रै होइन ?
म के–के मात्रै हुँ ?

कति ठूलो भ्रममा छौँ हामी !
भ्रमको तराजुमा जोखेर अमूर्त विश्वास
बाँचिरहेको छ ।
हाँसिरहेको छ ।
हे राम !
हे शिव !!
हे बुद्ध !!!
हो चाहिँ के म ?
हो चाहिँ को म ?
म जीवन हो कि जीवन मेरो ?
जीवन भनेको के हो ?

दुई विपरीत लिङ्गीबीच प्रेम भयो,
गरियो जन्ती,
बनाइयो सन्तान,
फेरिए सन्तोषका सासहरू,
भोगियो सुख–दुःख,
पर्खियो मृत्यु,
मर्यो,
अनि अन्त्य भयो ?
के यति मात्रै हुनु नै जीवन हो ?

म हुनुमा कसलाई लाभ हुन्छ ?
कसलाई हानि हुन्छ ?
या कसैलाई यी दुईटै हुँदैन ?
म त असमञ्जसमा परेको छु ।
हुँ चाहिँ के म ?
अर्थात् जीवन–
हुँ चाहिँ कसको म ?

दाबी गरेकाहरूको दामासाही भागमा बाँडिने
जिउँदो मासुको थुप्रो हुँ कि ?
गजाङगुजुङ भएको, थोत्रिँदै गरेको
झुत्रो सपनाहरूको पोको हुँ कि ?
या भ्रमको पिरामिड ?

–०००–
पाँचखाल-११, काभ्रेपलान्चोक
हाल: लिमासोल, साइप्रस
प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कविता भ्रम सुशील लामा

यो पनि पढ्नुहोस्...

कविता: याद | हाम्रो कथाघर

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

कविता: म एक्लो मान्छे | हाम्रो कथाघर

स्मार्ट कविता श्रृङ्खला ५३ | हाम्रो कथाघर

गजल श्रृङ्खला ३२ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

भर्खरै

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.