कविता: अपहरणको राजनीतिमा मानवता
कवि: चन्द्र रावत गुराँस
शक्तिको नाममा जब न्याय अपहरण हुन्छ,
त्यतिबेला भेनेजुएला मात्र होइन,
मानवताको आत्मा नै बन्दी बनाइन्छ ।
मानवअधिकार केवल भाषणमा बाँच्छ,
तर व्यवहारमा उसैलाई कुल्चिन्छ ।
शान्तिको कुरा गर्ने हातमै
दबाब, धम्की र दमनका औजार चम्किन्छन् ।
अब बुझ्नुपर्यो
आजको युद्ध बम बारुद र बन्दुकले मात्र हुँदैन,
आक्रमण नयाँ शैलीमा —
प्रतिबन्ध, अपमान, अपहरण र डरको राजनीति
नयाँ पाठ सिकायो अमेरिकाले ।
विज्ञान र वैज्ञानिक आविष्कार,
जो मानव जीवन सजिलो बनाउन जन्मिए,
त्यही विज्ञान शक्तिको दुरुपयोग बनेर
कमजोर राष्ट्रमाथि प्रयोग गरिँदै छ ।
तानाशाही प्रवृत्तिले
कहिले लोकतन्त्रको मुखौटा लगाउँछ,
कहिले मानवअधिकारको ठेक्का लिन्छ ।
गुण्डागर्दी अब गल्लीमा होइन,
अन्तर्राष्ट्रिय मञ्चमा देखिन्छ —
ठुलाले सानालाई
अन्याय सहेर बस्न बाध्य बनाएको छ ।
नेपाल जस्तो भूपरिवेष्ठित, गरिब देश
यो दृश्य चुपचाप हेरिरहेछ ।
हामीलाई थाहा छ —
शक्ति नभए पनि स्वाभिमान हुन्छ,
हतियार नभए पनि चेतना हुन्छ ।
हामीले बुझ्नुपर्छ,
आज भेनेजुएलामाथि परेको छाया
भोलि जहाँसुकै पनि पर्न सक्छ ।
तेस्रो विश्वयुद्धको डर
हामीले किताबमा मात्र पढ्न चाहन्छौँ,
आकाशमा होइन ।
रगतमा होइन,
मात्र इतिहासमा ।
यो संसारलाई अब
नयाँ बम होइन,
नयाँ धम्की होइन,
नयाँ प्रभुत्व होइन —
शान्ति चाहिएको छ ।
मानवता बाँचेको शान्ति,
न्याय बाँच्छ भन्ने शान्ति,
र सबै राष्ट्र स्वतन्त्र भएर
सास फेर्न पाउने शान्ति ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



