कवि : आचार्य प्रभा
स्वार्थमा लिप्त भई
पेट भर्ने लालचबाट ग्रसित भएर
देशको राजनीति सपार्छु भन्ने
भ्रमित विचारबाट मुक्त भई
एकपल्ट यसो सोच युवाहरू ।
देशको आन्द्राभुँडी नै
सुकिसकेको छ भने
तिमी आफ्नो पेट भरेर
कुन थलोमा रमाउन सक्छौ ?
जब तिम्रो अभिभावक नै
भोग, रोग र पीडाले अशक्त छ भने
तिमी कुन खुसी मुस्काउँछौ ?
अनि…
देशको भकारी नै रित्तिएपछि
तिमी कुन स्वादमा तृप्त बन्छौ ?
सोच,
मनन गर,
भकारी रित्याउनेतर्फ होइन
रित्तिएको भकारी भर्नेतर्फ उदात्त बन ।
दमक


