“हेलो म्याम, नमस्कार ।”
उसलाई पुरानो अफिसका लेखापालको फोन आयो ।
” नमस्कार सर, सन्चै हुनुहुन्छ ?
अनि धेरै समयपछि सम्झनु भयो त । केही विशेष थियो कि?”
उसले खुल्दुली प्रकट गरि ।
“अँ, त्यसै भन्नुपऱ्यो म्याम । हेर्नुस् न अघि एकजना कर्मचारीको मोबाइलमा २०० रुपैयाँ हालिदिएको त हतारमा हजुरको मोबाइल नम्बरमा पुगेछ । त्यहीँ पैसा फिर्ता गरिदिनुहुन्छ कि भनेर ।”
लेखापालले अलि अप्ठ्यारो मान्दै भने ।
“जाबो २०० को लागि पो सम्झनुभएको?”
उसको कुरालाई स्पष्टीकरण दिँदै लेखापालले भने,
“के गर्नु त म्याम, बेलुकी हिसाब बुझाउँदा छोडिसकेको मान्छेको नं. किन मोबाइलमा राख्नुपर्यो त भनेर हाकिम साबको खप्की सुन्नुपर्छ ।”
“हाकिमको खप्की खाँदा छोडिसकेको मान्छेको एक महिनाको तलब एक वर्षसम्म बाँकी राख्न मिल्छ भने मोबाइल नं. चाहिँ किन राख्न नमिल्नु र भनिदिनुहोस् न।”
उसले पीडा मिसिएको भावमा भनी ।
बूढानीलकण्ठ, काठमाडौँ
= संकलन: तारा के. सी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।