Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » नियात्रा: सुसायो सल्ला सरर

नियात्रा: सुसायो सल्ला सरर

गैर आख्यान - नियात्रा
डा. दामोदर पुडासैनी किशोरडा. दामोदर पुडासैनी किशोरअशोज ७, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

उकाली, ओराली र मोडमा बढिरहन्छ जीवनगति ।
‘बाटो धेरै र अप्ठेरो छ । ढिला नगरी हिँडौँ अब ।’

खाजाघर स्याउलीबाट केशवजी र हामी जुरुक्क उठ्छौँ ।
स्याउलीबजारमा मात्र भेट भयो हाम्रो र केशवजीको ।

सडक निर्माण कामको अनुभवी इन्जिनियर हुनुहुँदो रहेछ केशव आचार्य । मेरो साथीको बहिनी बिहे गर्नुभएको कुरा खुल्यो । अनि के चाहियो र हामी ज्वाइँजेठानको साइनोमा जोडियौँ ।

दुर्गाजी एक हप्ता अगाडि नै खप्तड घुमेर फर्किनुभएको रहेछ । त्यसैले उहाँ नजाने हुनुभयो । केशवजीको गाडीमा हामी तीन जना जाने भयौँ खप्तडमा ।
दिउँसो दुई बजे दुर्गाजीले स्याउलीबजारबाट बिदा गर्नुभयो ।

‘दाज्यूहरू रमाइलो गरेर फर्कनु होला, म डडेलधुरामा कुरिरहन्छु ।’

दुर्गाले मलाईं असाध्यै स्नेहले हेर्नुहुन्छ जहिले पनि । उहाँ खानेपानी सम्बन्धी एउटा परियोजनामा सामाजिक परिचालककै रूपमा काम गर्नुहुन्छ डडेलधुरामा । असाध्यै हँस्सी मजाक गर्ने, असाध्यै मिलनसार र असाध्यै सहयोगी भएकाले दुर्गाजी पनि यात्रामा हामीसँगै भए कति कौतूहल पूर्ण हुन्थ्यो होला यात्रा भन्ने लाग्यो । हामीले दुर्गाजीलाई पनि सँगै जान आग्रह गऱ्यौँ । त्यो सम्भव भएन ।

स्याउलीबजारबाट दक्षिणपूर्वी दिशातिर ओरालो लाग्छ डोटी जाने सडक । हामी उतैतिर मोडिएका छौँ । डोटीसम्म गाडीमा गएर हिँड्दै खप्तड पुग्ने योजना छ हाम्रो ।
कुनै बेला म पनि निर्माण र यातायातको लेखा परीक्षक थिएँ । लेखा परीक्षकले सम्बन्धित विषयको धेरै कुरा बुझ्नुपर्ने र त्यहाँ भएका गल्ती, त्रुटि, जालसाँजी र सुधारका बाटाहरूलाई औँल्याउनुपर्ने भएकाले सडकको प्राविधिक पक्षको केही ज्ञान छ मलाई पनि ।

केशवजीसँग सडक निर्माणका सैद्धान्तिक र व्यावहारिक बहस चल्छ राम्रैसँग । वरिपरिका दृश्यहरूसँग रमाउँदै केही गम्भीर विषयको छलफल गर्नु बाटो कटाउनका लागि औषधिसरह हुन्छ नै । पहाड नै पहाडले ढाकिएको भूगोल छ नेपालको । एक ठाउँबाट अर्को ठाउँमा जान असाध्यै कठिन छ हाम्रो मा । ठाडा पहाडहरूमा सडक निर्माण गर्नु आफैँमा फलामका चिउरा चपाउनुसरह हो । हाम्रा पहाडहरू नयाँ भौगोलिक अवस्थाबाट सिर्जना भएकाले फुसफुसे माटोको थुप्रो हुनु बाढी, पहिरो र मौसमी सरगर्मीले क्षतविक्षत भइरहनु जस्ता कारणहरूले प्रति एकाइ सडक निर्माण खर्च पनि निकै दरको हुने गरेको छलफल गऱ्यौँ हामीले ।

सार्वजनिक खरिदका ऐन कानुनहरू अव्यावहारिक हुने र ऐन कानुनका दफा उपदफाहरूमा टेकेर वास्तविकताभन्दा बढी खर्च लेख्ने परिपाटीले प्रोत्साहन पाइरहेको दाबी, क्षतिपूर्ति, मूल्य समायोजनका नाममा काम गरेर भन्दा काम नगरेर सरकारी रकम खर्च लेख्ने परम्परा नतोडिएसम्म कहाँ आउँछ सडक निर्माणमा चुस्तता र दुरुस्तता ?

सडक पार गर्दै सडक गफमा मस्त छौँ हामी दुई । रातभरको अनिद्राले होला प्रविधि केन्द्रित हाम्रो कुराकानीमा त्यति चाख नलागेर पनि होला बेलाबेलामा झकाउनु हुन्छ अर्का मित्र ।

सडक निर्माण गर्ने भनेको ट्रयाक खोल्ने काम मात्र हो भन्नेछ हामीकहाँ । कालोपत्रे, सडक फर्निचर, ट्राफिक साइन पोस्टजस्ता कुरालाई कहाँ ध्यान पुऱ्याइन्छ र त्यतिविधि । त्यसैले दुर्घटना भइरहन्छ ठूलो दरमा । सडक बनाउनै गाह्रो, बनायो जोगाउनै गाह्रो ।

केशवजी र म सहमतिमै निकाल्दै छौँ धेरै कुरा ।
घरहरूका आँगनमा फाट्टफुट चहलपहल छ मान्छेहरूको । खोलाहरू भएपछि बस्तीका लागि सजिलो हुन्छ नै । खोलाले सिँचित गर्दछ मानवसभ्यतालाई । अबको यात्रा खोलामय बनेको छ ।

डडेलधुराको सिमाना सकिएर सुरु भएको देखियो डोटी जिल्ला । खोलाको किनारै किनारको सडकबाट दौडँदा तराईका दृश्यहरूको जस्तो झल्को दिँदा रहेछन् त्यतातिर ।

दुवैतिर अग्लाअग्ला पहाडहरू छन् । बीचमा उत्तरपश्चिमबाट पूर्वदक्षिणतिर बगिरहेछ अबिरल नदी । खोलाको किनार बगरतिर खोलाले काटेर बनाएको समथल जमिन छ । त्यसैमा छन् खेतका गराहरू । पहाडका काखतिर भने छन् पातला बस्तीका गाउँहरू ।

हाम्रो आँखै अघिल्तिर एउटा सुन्दर गाउँ देखियो । गाउँको बीचबाट अघि बढेको सडक । त्यही गाउँकै अघिल्तिर सेती नदीमा मिसियो रडुवा खोला । अब रडुवा खोलाको नाम हरायो । सेतीकै नामले अघि बढ्यो नदी । त्यो सुन्दर गाउँको नाम भने रहेछ— बानेडुङ्ग्रेसैनी ।

अब सेतीकिनारको बेँसी माझबाटै अघि बढिरहेको छ सडक । दायाँबायाँका अग्ला पहाडहरूमा भर्खर पालुवा फेरेका सालका पातहरूको सुन्दर चमक छ । पहाडका ती सालघारीहरू कलाकारले निकै मेहनतले बनाएका सुन्दर चित्रहरूजस्ता लाग्दछन् । खोलामा चलेको मन्द बतासले मौरीको गोला सलबलाएझैँ देखिएको छ सालघारी । मधेसको जस्तो प्रचण्ड छ गर्मी । गाडीमा एयरकन्डिसन चलाएकाले हामीलाई भने शीतल र आनन्द भइरहेछ ।

देखिएजत्ति सबै खेतबारीमा डोकोमा बोकेर ल्याएको गाईभैँसीको मल खन्याइएको छ । टाढाबाट हेर्दा ढाकाको खास्टोभरि काला झिँगाहरू बसेजस्तो देखिएको छ फाँट । खोलाका किनारहरूमा काला भैँसीहरू र राता गाईहरू चरिरहेको दृश्यले मन रोमाञ्चित पारिदिन्छ । उता सेतीमा माछा मार्ने र पौड्नेहरूमा बेग्लै उमङ्ग र बेग्लै चहलपहल देखिएको छ । गाउँमा प्रायः दुई झ्याल, दुई तला र दुईपाखे छाना भएका राता घरहरू देखिन्छन् । प्रायः घरअघिल्तिर आँगनमा पुरुषहरू जुवातास खेलेर, खाइपिइ गरेर र हँसिमजाक गरेर अल्झिरहेका देखिन्छन् । महिलाहरू भने मलखाल्डोबाट मल बोकेर हिँडिरहेछन् खेततिर । पुरुषले काम नगर्ने र महिला मात्र जोतिने चलन त्यतातिर अझ हटेको रहेनछ भन्ने थाहा भयो । सबैले बराबर काम नगरेसम्म कहाँ सुध्रन्छ र आर्थिक स्थिति । खेतीपातीमा काम गर्नेलाई बढी इज्जत गर्ने, अरूको तुलनामा कृषकको जीवनस्तर अझ संवृद्ध हुने वातावरण नभएकाले कृषि पेसा अझ अपहेलित बन्दै गइरहेछ । अन्न, अनाज र तरकारी फलाउने पेसा नै धर्मसङ्कटमा परेपछि कहाँ हुन्छ र मान्छेको उन्नति ?

सम्म सडकमा गाडीको गति अझ तीव्र हुँदै छ । अघिल्तिर बायाँपट्टि स्थानीय गीत गाउँदै छन् रोपारहरूले । परेवाले दाना टिपेझैँ छुपुछुपु धान रोप्दै छन् तिनीहरू । बाउसे गर्ने पनि महिला नै देखिन्छन् । अन्यत्र भए लाठेले बाउसे गर्ने, रोपारले रोपाइँ गर्ने चलन देखिन्छ । तर त्यता त दुःख र परिश्रमजति महिलाकै भागमा मात्र पारेको जस्तो पो देखियो । बाउसे गरेर मिहिन बनाइएका गराहरू र लयदार गीत घन्काउँदै धान रोपिरहेका रोपारहरू देख्दा बेग्लै सौन्दर्यानुभूति हुन्छ हामीलाई । लाठे, रोपारले जेठ–असारमा खेत सिँगार्छन् र पो सजिँदै उभिन्छ मङ्सिर; उज्यालो बन्न थाल्नेछ मान्छेको अनुहार । रोपाइँ गर्नमा पचनाली गाउँ विकास समितिले उछिनेछ अरूलाई ।

‘शैपाल हिमालबाट बगेर आएकाले सेती भएको हो यस नदीको नाम ।’
केशवजीले अथ्र्याउनुभयो ।

‘सेतीमा धेरैवटा जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ, नेपाललाई मात्र होइन छिमेकमा पनि पठाउन सकिन्थ्यो सेतीको बिजुली, झकिझकाउ बनाउन सकिन्थ्यो सुन्दर सुदूर पश्चिमलाई । चल्नै लागेको सेती जलविद्युत परियोजना पनि सुरु गरेको पन्ध्र–सोह्र वर्षपछि सिद्धियो । सञ्चालनमा ल्याउन न सरकारले चासो दियो न जनताको ध्यान पुग्यो । त्यस्तोमा ध्यान दिनुपर्ने हो स्थानीय नेताहरूले । तर उनीहरूलाई आपसमा आरोप प्रत्यारोप र झगडा गर्नमै ठिक्क छ । देशबाट भने क्षणक्षणमा हीरामोतिको लेदो बगिरहेछ ।’

साह्रै चित्त दुखाउनुहुन्छ अरू दुई मित्रले । मेरो पनि मन कोपरिन्छ ।
सलल्ल सेतो पानी बोकेर बगिरहेछ सेती नदी । त्यत्रो अमूल्य जलसागर सित्तैमा खेर गइरहेछ । हामीहरू बगिरहेको मोति हेरेर बगरमा बरालिरहेछौँ ।

सेतीको भङ्गालोमा माछा मार्दै छन् विद्यालय जाने उमेरका बीस बालक । विद्याभन्दा भोकले सताइरहेको होला तिनीहरूलाई । दुई जना त बेस्सरी लम्कीझम्की गर्दै छन् । अरू आठ–नौले छुट्टयाउँदै गरेको देखिन्छ । बेलाबेलामा झगडा नपरे मान्छे बनेर बाँच्दो रहेनछ मान्छे । कहिले घरझगडा, कहिले कामझगडा, कहिले मामझगडा, अझ धेरै त अभिमान झगडा ।

दक्षिणतिरका गाउँहरू भने सुनसान देखिन्छन् ।
‘यतातिर गाउँमा तरुना र अधबैँसेहरू भेटिन्नन् । सबै गएका छन् भारत, मलेसिया र खाडीतिर । गाउँमा त बूढाबूढीहरू र ससाना केटाकेटीहरू मात्र भेटिन्छन् । हिँड्न सक्नेबित्तिकै ओठ निचर्दा दूध आउने खालका केटाहरू पनि ओर्लिहाल्छन् भारतका सहरहरूमा । हिजो मात्र महेन्द्रनगर सीमाबाट सैँतीस बच्चाको लर्कन भारत लागेको देखेथ्यौँ हामीले ।’ हाम्रा गाडीचालक बैतडीतिरको हुनुहुँदो रहेछ । उहाँले खोल्नुभयो यथार्थ कथा ।

सडककै छेउमा हल्लाखल्ला छ । बूढाबूढी र बच्चाहरू सलबलाइरहेछन्, चिच्च्याइरहेछन् । पसलका साइनबोर्डमा ठाउँको नाम लेखिएको छ— कालागाड । मान्छेको भीडमा एउटा फरक पहिरनको मान्छेको टुपी बेरिएको छ महादेवले जटा बेरेझैँ । स्प्रिङमाथि उफ्रेझैँ ऊ झन्डै पाँच–छ फिटमाथि उफ्रिन्छ र ठूलो आवाजमा मन्त्र जप्दै तल झर्छ ।

‘उहाँ डोटीकै सबैभन्दा ठूलो धामी हो । उहाँले चाहे मरेकालाई पनि ब्यूँताइदिनुहुन्छ, उहाँको मन्तरले ठहरै हुन्छन् मान्छे र जीवजन्तु, त्यसैले उहाँलाई पूजा गर्नुपर्छ रिस उठाउनु हुन्न ।’
एकै श्वासमा भनी सिध्याउनुहुन्छ भीडमा उभिएका एक दाइ।

त्यतातिर धामीझाँक्रीप्रतिको विश्वास प्रबल छ भन्नुभयो चालक मित्रले ।

नजिकै दुई हातले टाउको समातेर भित्तामा अडेस लागेको देखिन्छ बिरामी । धामी मन्त्र सुनाउँछ, अक्षताले हान्छ र कुखुरा काट्छ ।

‘धामीकहाँ गएपछि सबैलाई सन्चो हुन्छ त ?’
पहिलो मित्र सोध्नुहुन्छ ।

‘धामीले मार्न पनि सक्ने, ब्यूँताउन पनि सक्ने हो भने यो गाउँमा त औषधि उपचार गर्नुको साटो सरकारले पनि यही धामीलाई रिजाए भइहाल्यो नि ।’
दोस्रो मित्र थप्नुहुन्छ ।

‘त्यस्तो भन्नु हुँदैन । धामी रिसाए भने अनिष्ट हुन्छ ।’
हाम्रो कुरामा आत्तिन्छन् गाउँले ।

‘रोगीको रोग पो पत्ता लगाउने र उपचार गर्ने हो त । धामी उफारेर कहाँ हुन्छ उपचार ? ‘धामीका गफले ज्यान धरापमा’ मात्र हो ।’
मैले थपेँ ।

धामी झन् उफ्रन थाले । उनका सहायकहरूले झन् जोडले ठोक्न थाले ढ्याङ्ग्रो । हामी हिँड्यौँ अघिल्तिर ।

हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, सुर्खेत, बैतडी, डोटीजस्ता सुन्दर र मध्यपश्चिम नेपालका गाउँहरूमा बिगबिगी नै देखेको छु मैले धामीझाँक्रीहरूको । गाउँको स्वास्थ्यमा कृषिकर्ममा, राजनीतिमा, विवाह बटुलोमा, खानपानमा, रीतिथितिमा सबैसबैमा निर्णायक भूमिका हुन्छ धामीझाँक्रीकै । उनीहरू भने लागूभागूको अदृश्य डर देखाएर र गाउँका धनीमानी र शक्तिशालीहरूसँग मिलेर तन्नम भगत् बनाएका छन् सोझा गाउँलेहरूलाई ।

समथर भूभाग सकियो । बेँसी र नदीसँग पनि बिदा भइयो । सल्लो र सालका रूखहरूभित्रबाट उकालो लागेको छ सडक । माथि थुम्कोतिर बाक्लै देखियो बस्ती । दायाँतिर रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रको भवन छोडेपछि उकालोमा भेटियो स्यानो बजार । कुलपाते बजार रहेछ त्यो । त्यहीँ भेटियो तीन बाटोको सङ्गम ।

भित्तामा लेखिएको छ __
माथि डाँडामा दिपायल तीन किलोमिटर ।
दायाँपट्टि राजापुर एक किलोमिटर ।
बायाँपट्टि सिलगढी तेह्र किलोमिटर ।
सल्लो सुसाइमा सुनियो प्रकृतिको एउटा सुमधुर सङ्गीत ।

हामीहरू नयाँ मान्छे, नयाँ ठाउँ र नयाँ परिस्थितिहरूसँग सामना गर्दै अघि बढिरहेका छौँ । यस पटक खप्तड गन्तव्य हो तर आफुलाई मज्जाले खार्ने, आफैँलाई चिन्ने र जीवनलाई नजिकबाट चिन्ने क्रम सघन बनिरहेछ ।
टल्केका सल्लीपिरहरूमा टल्केको देखियो जीवनज्योति । सरसर सुसाएका सल्लाहरूको आवाजमा जीवनगीत फक्रिरहेछ ।

– डा. दामोदर पुडासैनी ‘किशोर’
२०७० जेठ १८, शनिबार
कुलपाते, डोटी

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

गैर आख्यान डा. दामोदर पुडासैनी ‘किशोर’ नियात्रा सुसायो सल्ला सरर

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.