Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : सङ्घर्ष र सपना | सरस्वती पुडासैनी | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : आँसु | कौसिबहादुर सिंह | हाम्रो कथाघर

चैत्र ६, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

गैर आख्यान - नियात्रा
हरिश खड्का क्षेत्रीहरिश खड्का क्षेत्रीसाउन ७, २०८२2K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

हरिश खड्का क्षेत्री


धर्तीमा कतै स्वर्ग छ भने त्यो नेपाल हो। नेपालमा स्वर्ग छ भने त्यो बाजुरा हो। बाजुरामा पनि स्वर्ग छ भने त्यो पक्कै बडिमालिका हो।

जिन्दगीका अनगिन्ती यात्राका क्रममा धेरै ठाउँ घुमफिर गरियो। ‘नजिकको तीर्थ हेला’ भनेझैँ म आफ्नै आँगनबाट दृश्यावलोकन गर्न सकिने बडिमालिका पुगेको थिइनँ। प्रकृतिको अनुपम उपहार बडिमालिका जाने योजना एक महिनाअगाडि नै तय भएको थियो।

मेरो घर त्यही बडिमालिका जाने बाटोको अन्तिम गाउँ कोर्ध हो, जुन बडिमालिका नगरपालिका वडा नम्बर ६ मा पर्छ।

एकाबिहानै गाउँमा एकपछि अर्को गर्दै नयाँ मानिसहरू प्रवेश गर्दै थिए। साउनको सिमसिमे झरीसँगै कसैका हातमा छाता थिए, कसैका झोलामा बाहिरबाट विभिन्न रङका प्लास्टिक बेरिएका थिए। बेलुकासम्म यात्रुहरूको आवतजावत चलिरह्यो।

दिनभर बडिमालिका जाने यात्रुको भीड हेरियो। गाउँलेले तीर्थयात्रीलाई घरमा बास बसाउनुभयो। हाम्रो घरमा पनि डोटीबाट आउनुभएका तीर्थयात्रीहरूको एउटा हुल आँगनमा जम्मा भएको थियो।

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा पूजा गर्न यात्रुहरू बडिमालिका जाने गर्छन्। सधैँजसो बडिमालिका जाँदा अरूको घरमा मात्रै यात्रु देख्न पाइन्थ्यो। यस पटक भने यात्रुहरू मेरो घरमा पनि बस्नुभयो। खाना खाएर भजन-कीर्तन! आहा! त्यो रात मेरो घरमा ठूलै मेला लागेजस्तो थियो, हाम्रो गाउँ नै उत्सवमय बनेको थियो।

आमासँग मैले पनि भोलि बडिमालिका जाने कुरा बताएपछि आमाले हरिया मकै, भुटेको भटमास र अन्य खानेकुरा झोलामा राखिदिनुभयो। बिहानै उठेर नुहाएपछि निधारमा टीका लगाएर आमा-बाको आशीर्वाद ग्रहण गरी पहिलो पटक बडिमालिका यात्रा आरम्भ गरेँ।

बिहानैदेखिको पैदल यात्रामा बाटोमा कतै चिसो हावाको स्पर्श गर्दै त कतै थकानले लखतरान हुँदै ‘भारा ढुङ्गा’ भन्ने ठाउँमा ११ बजे पुगियो। त्यहाँ बाटोमा गोठालाहरूका गोठ (खरक) थिए। बिहानको खाना त्यही ठाउँमा खायौँ। खानामा स्थानीय चामल र भैँसीको दूधबाट बनेको मीठो खिर खान पाइयो।

अर्गानिक खाना खाएपछि एक गिलास दही पिएर फेरि उकालो लागियो। जति-जति माथि हिँड्दै गइयो, उति नै सुन्दर र मनमोहक दृश्य देखिँदै थियो।

कतै विभिन्न प्रजातिका वनस्पति त कतै जडीबुटीको अवलोकन गर्दै मेरा सहयात्रीहरू—गणेश, डम्मर र सुरेश, तीनै जना रमाउँदै अघि बढ्यौँ।

हिँड्दै जाँदा बाटोमा अनेक नयाँ र अनौठा दृश्यले मनलाई थप उत्साहित बनाउँदै लगे।

बाटोमा देखिएका लाध्या, वारी पाटन र सोता पाटनको दृश्य सुन्दर थियो। गोठहरू लहरै थिए। कहिले बादलले पाटनलाई घुम्टो ओढाउँथ्यो त कहिले हावाले बादल उडाएर पाटनलाई छर्लङ्ग बनाउँथ्यो।

त्यो दृश्य कुनै यौवनले भरिएकी स्वर्गकी अप्सराभन्दा कम पक्कै थिएन। पर कतै कुकुरको एकोहोरो आवाज गुञ्जियो, टाउकोमाथिबाट ‘भुर्र’ डाँफे उडेर गयो। हावा चञ्चल भएर बहिरहेको थियो।

तीर्थयात्रीहरूको घुइँचो पनि निकै लोभलाग्दो थियो। दारसल्लाका ठूला रूखहरू तलबाट हेर्दा होचा देखिन्थे।

मैले खुब आनन्द र सन्तुष्टिको अनुभूति गर्न पाएँ। जिन्दगीमा पहिलो पटक यस्तो आनन्दको अनुभूति भएको थियो सायद! यसरी पूरा दिन थकान र भोक सबै बिर्सेर प्रकृतिसँग रमाउँदै साँझपख घोडा पाटन पुगियो।

त्यहाँ हाम्रो गाउँका स्थानीय मानिसहरूका गोठ थिए, त्यहीँ झोला राखेर पहिलो दिन त्यहीँ बस्ने निर्णय भयो।

एकैछिनमा आकाश खुला भयो, क्षितिजमा सूर्य अस्ताउनै लागेको थियो। चारैतर्फ हरिया पहाड मात्रै देखिन्थे। घोडा पाटनबाट त्यो दृश्य हेर्दा म कुनै दोस्रो ग्रहमा पो छु कि जस्तो लाग्यो।

‘पृथ्वीमा पनि यति सुन्दर ठाउँ छ र?’ भन्ने प्रश्न मनमा उब्जिएको थियो। पहिलो पटक मलाई त्यो सुन्दरता र दृश्य सपनाजस्तो लागेको थियो।

मलाई लाग्छ, जीवनको वास्तविक अनुभूति गर्नुछ भने हरेक मान्छेले एक पटक बडिमालिका जानैपर्छ।

त्यो साँझ दिनभरिको थकान, आनन्द र प्रकृतिको प्रेमलाई सिरानी बनाएर सुतियो।

बिहान घोडा पाटनमा सधैँजस्तो सुनसान थिएन, त्यो बिहान खुब उत्सवमय थियो। बिहान ६ बजे ओछ्यानसम्मै सूर्यका न्यानो किरण आइपुगेका थिए। राजधानीको हावाभन्दा पनि चिसो हावा सरर चलिरहेको थियो। शीतका थोपाहरू पग्लिने क्रममा थिए। जुनेली रातमा तारा टल्किएजस्तै शीतका थोपा टल्किरहेका थिए।

सबेरै उठेँ। मुख धुँदा पानी फ्रिजको बरफभन्दा चिसो थियो। भैँसी र भेडाका बथान चरनतिर लागिसकेका थिए। उता गोठमा अर्गानिक जडीबुटीको चिया पाक्दै थियो। साँच्चै भन्नुपर्दा, घोडा पाटनको त्यो बिहान मेरो जिन्दगीको बिर्सनै नसकिने बिहानमध्ये एक थियो।

सबै मानिसहरू बासस्थानबाट उठेर आ-आफ्नो गन्तव्य बडिमालिकातर्फ लागे। हामी पनि चियाको चुस्की लिएर घोडा पाटनबाट अघि बढ्यौँ। बाटोभरि अनेक रङका फूलहरू फुलेका थिए।

‘बीर बिसौना’ भन्ने ठाउँमा एउटा सानो मन्दिर थियो। त्यहाँ पनि पूजा गरेर अघि बढ्दा केही ओरालो झरेपछि तल दोभान (दोगाडे) भेटियो। दुईवटा नदी शान्त भएर आफ्नै लयमा, आफ्नै गतिमा, आफ्नै सुरमा, आफ्नै तालमा बगिरहेका थिए— एकदमै सफा र शुद्ध। सायद त्यस्तो सफा पानी त हाम्रो लागि ओखती नै हो।

दोगाडेबाट २० मिनेटको उकालो काटेपछि ‘भितोचिर्ना पाटन’ आउँछ। त्यहाँ घोडा बस्ने तबेला र भेडाका गोठ मात्रै थिए। त्यहीँ एकछिन आराम गरेर खाजा खायौँ।

भितोचिर्ना पाटनमा पाँचऔँले, चिराइतो, जटामसी, बोझो, भलायो, सेतोचिनी, कटुकी आदि दर्जनौँ जडीबुटी पाइने रहेछन्। हामीले केही आवश्यक जडीबुटी पनि प्लास्टिकमा पोको पारेर लियौँ।

फेरि केही बेरको बसाइपछि बाटोमा कालिकोट र बाजुराको हिमाली भेगमा पाइने स्थानीय उत्पादन—स्वच्छ र विषादीरहित स्याउ—किनेर खायौँ। नौफेरी, निलारै र बूढीमाई पाटन छिचोल्दै दिउँसो साढे तीन बजे हामी त्रिवेणी पुग्यौँ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको सिमानामा पर्ने प्रमुख तीर्थधाम त्रिवेणीमा मानिसहरूको ठुलो भीड थियो। मैले जीवनमा पहिलो पटक यतिका धेरै मानिस त्यहीँ देखेको थिएँ।

कोही आफ्ना मृत आफन्तको पुण्य कमाउने कर्ममा लागेका थिए, कोही हरियाली मैदानमा बाख्राका पाठापाठीजस्तै उफ्रिँदै रमाइरहेका थिए। कोही आकाशमा ड्रोन उडाइरहेका थिए, कोही भिडियो खिचिरहेका थिए त कोही व्यापार गर्नमा मस्त थिए।

त्रिवेणीमा तीनतिरबाट नदीहरू जोडिएका थिए। वरिपरि आँखाले भ्याएसम्म हरिया घाँसे मैदान थिए। कतै सिमसार क्षेत्र थिए। वरपरका पहाड र डाँडामा घोडा र भेडाका ठुला-ठुला बथान देखिन्थे।

अनेक भेषभूषा भएका मानिसहरूको ठुलो जमात थियो। त्यसबेला प्लास्टिकका टेन्ट र घरहरूले गर्दा त्रिवेणी कुनै ठुलो सहरको बाक्लो बस्तीजस्तै देखिन्थ्यो।

हामीले पनि एउटा प्लास्टिकको टेन्ट थप्यौँ। दिनभर पाटन र वरपरका ठुला क्षेत्र घुमफिर गर्‍यौँ। त्यहाँ मेला लागुन्जेलका लागि अस्थायी पसल र होटलहरू थिए। बेलुकी होटलमा खाना खाएर छेउछाउका तीर्थयात्रीहरूको माझमा भजन सुन्दै रातभर जाग्राम बसियो।

बिहान भयो। बादलले घुम्टो ओढाएर बसेको थियो। झरी परिरहेकै थियो। सबै आ-आफ्नो काममा व्यस्त थिए। कुहिरोले दुई मिटरभन्दा पर देखिँदैनथ्यो। मलाई त्यो बेला डर लाग्यो। म कुहिरोमा हराएको काग जस्तै बनेको थिएँ।

भारी प्याक गरेर बिहान ८ बजे नास्ता खाई त्रिवेणीलाई आँखाबाट ओझेल पार्दै अघि बढ्यौँ। युद्धमा हिँडेको सिपाहीजस्तै लुरुलुरु हिँड्दै जाँदा ‘वर माग्ने’ भन्ने ठाउँमा पुगियो। मनले चाहेको कुरा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले हामीले पनि पूजा गरेर थकान मेटाउँदै विश्राम गर्‍यौँ।

यताउता चारैतिर बादल आफूभन्दा तल छुटेको थियो। बादलभन्दा माथिको नयाँ दुनियाँ नियाल्दै अघि बढेर ‘लौठीविनायक’ मन्दिरसम्म पुगियो। त्यहाँ एउटा मात्रै पसल थियो। लाइनमा बसेर खाजा खाइयो।

बायाँपट्टि डरलाग्दो र भयानक भीर थियो। दायाँपट्टि भने कतै समथर त कतै भिरालो जमिन थियो। केवल हरिया मैदान र आफूभन्दा तल बादलका घेरा देखिन्थे। मानिसहरूको ठुलो ताँती थियो। स्वर्गमा पुगेको अनुभव ठ्याक्कै यहाँ भयो।

बडिमालिका पुग्नै लाग्दा ‘भिर्कीपढ्ना’ नामक एउटा भीरमा मानिसहरूले पैसा फालिरहेका थिए। अझ माथि चढ्दै जाँदा उचाइ बढ्दै गयो र मेरो थकान पनि बढ्दै गयो।

जसोतसो बडिमालिका पुग्नै लाग्दा चारैतिरबाट भीरले घेरिएको एउटा भीरको बीचमा ‘बासुधारा’ रहेछ। एउटा चट्टानबाट बाह्र ठाउँमा पानी निस्कँदो रहेछ र त्यो पानीलाई जलका रूपमा प्रयोग गरी पूजा, स्नान जस्ता धार्मिक कार्यमा लगाइने रहेछ।

लगातार दुई दिनको पैदल यात्रापछि हामी बडिमालिका अर्थात् हाम्रो गन्तव्यमा पुग्यौँ।

दिउँसोको २ बजेको थियो। यात्रुहरू आउने-जाने क्रम चलिरहेको थियो। हामी पुगेर आफ्नो टेन्ट टाँगी झोला राख्यौँ। त्यहाँ पैसा तिरेर बास बस्न पनि पाइन्छ।

जीवनमा पहिलो पटक यति अग्लो ठाउँमा पुगेको थिएँ—४,२०० मिटरको उचाइमा स्थित बडिमालिका मन्दिरमा भक्तजनको भीड निकै बढेको थियो। हामीले बादलमाथि यताउता अलिकति दृश्यावलोकन गरेर थकान मार्‍यौँ, खाजा खायौँ र हिन्दु परम्पराअनुसार बडिमालिका मन्दिरमा दर्शनार्थीको भीडसँगै लाइनमा लाग्यौँ।

यस्तो अनौठो र रमणीय स्थानमा आउन पाउँदा आफूलाई भाग्यमानी महसुस गरेँ।

लाइन बसेको धेरै समयपछि हाम्रो पालो आयो। मन्दिर दर्शन गरियो र साँझपख केही बेर आकाश खुलेपछि सम्झनास्वरूप फोटो खिच्ने, भिडियो बनाउने काम पनि गरियो।

हजारौँ मानिसको भीडभाड थियो। त्रिवेणी र घोडा पाटनजस्तो शान्त वातावरण भने थिएन। सुरक्षाकर्मी पनि उत्तिकै परिचालन भएका थिए।

सबैले मालिका माईको दर्शनपश्चात् नागेश्वरी माईको पूजा गर्न फर्किन्छन्। कतिपय फर्किंदै थिए। हामीलाई भने त्यो रात बडिमालिकाको पावन भूमिमा निदाउने अवसर मिल्यो।

बडिमालिका पुग्ने मान्छे साँच्चै भाग्यमानी हो।

अन्तिम दिन अर्थात् यात्राको चौथो दिन, बिहानै बडिमालिकामा सूर्यको पहिलो किरण झुल्कियो। सुदूरपश्चिम र कर्णाली प्रदेशका दर्जनौँ जिल्लाको दृश्य हेर्न पाइयो। पवित्र भूमिमा पाइला टेक्न पाइयो।

एउटा गाउँ, सहर र सधैँ देखेको वातावरणभन्दा पृथक् अनुभूति लिन पाइयो। र, बिहान ४ घण्टाको बसाइपछि बडिमालिकाबाट मन नहुँदानहुँदै पनि फर्किनुपर्‍यो। त्यो सुन्दर, स्वर्गजस्तै बडिमालिका, त्यो धर्तीको स्वर्गबाट बिदा हुनुपर्‍यो।

मन भरिएको थिएन, र पनि बिहान ९ बजे हामी नागेश्वरी माईको पूजा गर्न बाजुराको त्रिवेणी, कैलाशमाडौँ हुँदै ५ दिनको यात्रापछि घर पुग्यौँ।

समग्रमा, बडिमालिका यात्रा जीवनको एक अविस्मरणीय यात्रा बन्यो। संसारमा कतै आनन्द, सन्तुष्टि र शान्ति खोज्ने मन छ भने हरेक नेपालीले मात्र नभई, जन्मिएका हरेक मान्छेले बडिमालिका पुग्नुपर्छ।

सायद मलाई लाग्छ—जसले बडिमालिका देख्दैन, त्यसले जीवनमा धेरै कुरा छुटाउँछ।

बडिमालिका निकै लोभलाग्दो र सुन्दर छ। बडिमालिका घुमेपछि लाखौँ-करोडौँ खर्च गरेर स्विट्जरल्यान्ड, ब्राजिल, अमेरिका घुम्न जरुरी छैन।

बडिमालिका केवल बडिमालिका मात्र होइन, यो धर्तीको स्वर्ग हो, विश्वको स्विट्जरल्यान्ड हो, चिन्न नसकिएको हीरा हो, प्रकृतिको बहुमूल्य उपहार हो।

आन्तरिक पर्यटनको विकास र प्रवर्द्धन गरौँ; स्वदेशी प्रकृति, रहनसहन, भेषभूषा र वातावरणको संरक्षण गरौँ।

मर्नुअघि हरेक मान्छेले बडिमालिका जान छुटाउनुभयो भने जीवनमा धेरै कुरा छुट्नेछन्। बडिमालिका एउटा यस्तो पवित्र स्वर्गभूमि हो, जहाँ पुगेपछि मनले भन्नेछ— “यात्रा केवल गन्तव्य होइन, यो जीवनको एउटा पर्व हो।”


बडिमालिका न.पा. वडा नं. ६, बाजुरा


नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नियात्रा स्वर्गको झलक बडिमालिका हरिश खड्का क्षेत्री

यो पनि पढ्नुहोस्...

स्मारिका : सात वर्ष: प्रतीक्षादेखि परिणयसम्म | प्रभात न्याैपाने

संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू | मधुर भट्टराई | हाम्रो कथाघर

नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा | हाम्रो कथाघर

संस्मरण: बाल्यकाल | हाम्रो कथाघर

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

Leave A Reply Cancel Reply

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : सङ्घर्ष र सपना | सरस्वती पुडासैनी | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : आँसु | कौसिबहादुर सिंह | हाम्रो कथाघर

चैत्र ६, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.