ईश्वर पोखरेल
सज्जन थियो ऊ।
राजनीतिमा लागेर पनि नबिग्रिएका मानिसहरूको चर्चा गर्दा केही वर्षअघिसम्म मानिसहरू उसलाई छुटाउँदैनथे।
अघिल्लो चुनावमा सज्जनलाई जिताउनुपर्छ भनेर उसको पक्षमा सबै लागे।
उसको पार्टी सत्तामा गएपछि भने ऊ एक निश्चित खेमामा देखियो। उसको खेमा कहिले कता देखियो, कहिले कता। ऊ पनि खेमासँगसँगै नाँच्यो। सरकार र मन्त्रीहरूले गरेका गलत कामको पनि प्रतिरक्षा गर्नुपर्ने भूमिकामा उसलाई देख्दा हामी चुक्चुकाउँथ्यौँ पनि।
भेटघाटमा हामीले भन्थ्यौँ पनि— “दाइ, तपाईं कुन दिशामा कता जाँदै हुनुहुन्छ, ख्याल गर्नुभएको छ?”
ऊ हाँसिरहन्थ्यो मात्र।
पार्टी सरकारमा गएपछि कसकसले के जोडे? के के पाए? समाजमा त्यसको हिसाबकिताब हुँदै गर्ला।
ऊ मन्त्री भएन, लाभको अन्य पदमा पनि देखिएन।
अब टिप्पणी हुन थाल्यो— ‘आफ्ना मानिसहरूलाई सत्तामा देख्न उसले आफ्नो इमेज गुमायो।’
पछिल्लो चुनावमा ऊ सर्वस्व हारेको जुवाडेजस्तै देखा पर्यो।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।