Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद

ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद

ज्ञानु ढुंगेल
हाम्रो कथा घरहाम्रो कथा घरअशोज ८, २०८१1 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद

सारसङ्क्षेप:

प्रस्तुत ‘ग्रीष्मको नीलो बतास नियात्रामा मानववाद’ शीर्षकको अनुसन्धानमूलक लेख नियात्राकार दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास नियात्रामा मानववादको विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यस लेखमा मानववादी सिद्धान्तको आलोकमा प्रस्तुत नियात्रामा मानवकल्याणको खोजी कसरी गरिएको छ ? ईश्वरीय शक्तिप्रतिको असहमति कसरी प्रकट भएको छ ? र अन्धविश्वासको विरोधको अवस्था कस्तो छ भन्ने प्राज्ञिक समस्याको समाधान खोजिएको छ ।
मानवलाई प्राथमिकतामा राखेर मानव विरुद्धका यावत् कुराको विरोध गरी मानव र प्रकृतिका बिचमा अन्य नियामक तत्त्वको उपस्थितिको विरोध गर्ने प्रस्तुत नियात्रा मानववाद प्रयोगका दृष्टिले उत्कृष्ट रचनाका रुपमा रहेको छ । धार्मिक र साँस्कृतिक अन्धविश्वासको भुमरीमा विकसित नेपाली सामाजिक धरातललाई मानवमूल्यको महत्त्व बुझाउन प्रस्तुत नियात्रा सफल भएको छ । मानवका सकारात्मक र नकारात्मक क्रियाकलापको समर्थन र विरोधका माध्यमबाट कर्तव्याकर्तव्यको सन्देशसहित अभौतिक काल्पनिक उडानलाई निषेध गरी यथार्थिक धरातलमा उभ्याउन खोज्नु प्रस्तुत नियात्राको प्राप्ति हो । नेपाली समाज विश्वपरिवेशभन्दा पछाडि पर्नुको कारणका रुपमा मानवलाई तिरस्कार गरेर ईश्वरलाई सर्वशक्तिमान् ठान्नु रहेको छ । संसारको सृष्टि भौतिक र जैविकरुपमा प्राकृतिक तत्त्वको स्वत संयोजनमा भएको भन्ने विज्ञानसम्मत विचार र यथार्थलाई लत्याएर काल्पनिक ईश्वरको भ्रममा जनमानसलाई अलमल्याएर त्रास र आसको प्रपञ्च निर्माण गरी स्वार्थपूर्ति गर्ने कथित सामाजिक र आर्थिक उच्च वर्गका व्यक्तिको वास्तविकता देखाउनु यस नियात्राको उद्देश्य रहेको कुरालाई प्रस्तुत आलेखले निष्कर्षका रुपमा प्रस्तुत गरेको छ ।
प्रस्तुत अध्ययनमा सामग्री सङ्कलनका लागि पुस्तकालय विधि र विश्लेषणको ढाँचा गुणात्मक रहेको छ ।

शब्दकुञ्जी:
प्रगाढ, प्राकृत, ब्रम्हाण्ड, मानववाद, लोकायत,

विषय परिचय:

‘ग्रीष्मको नीलो बतास’ नियात्राका लेखक साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ हुन् । वाणिज्यशास्त्र र जनप्रशासन दुई विषयमा स्नातकोत्तर गरेका किशोर लेखापरीक्षण विषयमा विद्यावारिधि गर्ने प्रथम नेपाली अनुसन्धाता पनि हुन् । कविता विधामार्फत् साहित्य क्षेत्रमा प्रवेश गरेका किशोर हाल नियात्रा विधामा स्थापित साहित्यकारका रुपमा चिनिन्छन् । औपचारिक अध्ययन र कार्यक्षेत्रभन्दा फरक धारमा हिँडेर पनि गन्तव्यमा सफलतापूर्वक पुग्न सक्नु उनको विशेषता हो ।
जागिरका सिलसिलामा नेपालका अधिकांश जिल्लाको भ्रमण गरी भौगोलिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्थितिको अवलोकन गरिसकेका किशोरले एसियाका विभिन्न मुलुकका साथै युरोप, अमेरिका र अफ्रिकाका कतिपय देशको यात्रा अनुभव सँगालेका छन् । भ्रमण गरिएका ठाउँको सुक्ष्म अवलोकन गर्दा मनमा उत्पन्न भावतरङ्गको अङ्कन गर्ने भएकाले किशोरका यात्रासाहित्यहरु स्थलगत बाह्य विवरणभन्दा माथि उठेका छन् । आफ्ना यात्राका अनुभव र अनुभूतिको प्रस्तुतीकरण गर्ने सन्दर्भमा स्थानीय रहनसहन, भेषभुषा, जीवनशैली, भौगोलिक अवस्थिति एवम् तत्स्थानका मानिसका मानसिकता र जीवनप्रतिको दृष्टिकोणको जीवन्त चित्र प्रस्तुत गर्ने गर्छन् । उनका नियात्राहरु कुनै भौगोलिक अवस्थितिको जानकारी दिने र बसीबिँयालोका र समयकटनीका साधनमात्र नभएर साँस्कृतिक अध्ययनका भण्डार र जीवनदर्शनका अमूल्य खजाना पनि मानिन्छन् ।

‘ग्रीष्मको नीलो बतास’ (२०७८) मदन पुरस्कारका लागि सिफारिस भएको उत्कृष्ट कृति हो । विषयवस्तु, वैचारिक स्पष्टता, भाषाशैली र प्रस्तुतिका ढाँचाका आधारमा महत्त्वपूर्ण रचना मानिन्छ । लेखकले यात्राको कठोर क्षार समुद्र मथेर निकालिएको कोमल अमृत हो ग्रीष्मको नीलो बतास । यो नियात्रा नेपालको सुदूर पश्चिम प्रदेश र भारतको नैनी ताल भ्रमणका अवसरमा अनुभूत गरेका विषयसन्दर्भलाई समेटेर तयार पारिएको रचना हो । यसमा सुदूर पश्चिमको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्य, यात्राका सुखदुखका अनुभूति, त्यस ठाउँको जीवनचर्या, जनविश्वास र मूल्यमान्यता, जाति प्रथाले पारेको घाउ, कर्मचारीको बजेट सिध्याउने दाउ,छाउपडीको दर्द, भरिया जीवनको मर्म आदि विषय सन्दर्भलाई आधार बनाएर मानववादी चिन्तन प्रस्तुत गरिएको छ ।

प्रस्तुत अध्ययनमा ग्रीष्मको नीलो बतास नियात्रामा निम्नलिखित समस्यामा केन्द्रित रही तिनै समस्याको समाधान खोज्ने प्रयत्न गरिएको छ । विवेच्य नियात्रामा मानव कल्याणको खोजी कसरी गरिएको छ ? ईश्वर र ईश्वरीय शक्तिप्रतिको धारणा के कस्तो रहेको छ ? र रुढि र अन्धविश्वासको विरोधको अवस्था कस्तो छ ? भन्ने प्राज्ञिक समस्याको उत्तर खोज्ने कार्य यस लेखमा गरिएको छ । प्रस्तुत आलेखको उद्देश्य नियात्राभित्र मानव कल्याणको अवस्थाको खाजी गर्नु, ईश्वर र ईश्वरीय शक्तिप्रतिको धारणा बुझ्नु र रुढि र अन्धविश्वासले समाजमा पारेको प्रभावको खोजी गर्नु रहेको छ । ग्रीष्मको नीलो बतास नियात्राका बारेमा रेडियो, टेलिभिजन र पत्रपत्रिकामा सामान्य टिकाटिप्पणी र चर्चा परिचर्चा भए पनि मानववादी कोणबाट गहन अध्ययन भएको पाइँदैन । यही मानववादी कोणबाट अध्ययन नभएको अभाव पूर्ति गर्न प्रस्तुत आलेख केन्द्रित रहेको छ । प्रस्तुत नियात्रालाई साहित्य विश्लेषणका विभिन्न सिद्धान्त र कोणबाट विवेचना गर्न सकिएता पनि यसमा मानववादी दृष्टिकोणबाट मात्र हेर्ने काम गरिएको छ । यही नै यस लेखको क्षेत्र र सीमा हो । ईश्वरलाई केन्द्रमा राखेर धार्मिक आदर्शबाट समस्त जगत्लाई हेर्ने परम्परित नजर विपरीत मानववादी आँखाले समाजको पर्यवेक्षण गर्ने प्रयास नै यसको उपलब्धि हो । प्रस्तुत आलेख विद्यार्थी, अध्यापक, अनुसन्धाता र साहित्यिक पाठकका लागि उपयुक्त पाठ्यसामग्रीका रुपमा रहेको छ ।

सैद्धान्तिक पर्याधार:

मानववाद मानव र प्रकृतिलाई महत्त्व दिने भौतिकवादी दर्शन हो । यस दर्शनले मानवीय मूल्यमान्यता, प्रतिष्ठा र गौरवबोधलाई प्रश्रय दिन्छ । मान्छेका विविध समस्यामा विशेष महत्त्व दिएर मानवभन्दा पर वा प्रकृतिभन्दा इतर धार्मिक, ईश्वरीय वा पारलौकिक अदृश्य शक्ति छ भन्ने कुरामा विश्वास नगर्ने दर्शन मानववाद हो । मानवलाई केन्द्रबिन्दुमा राखेर मान्छेको उन्नति, विकास र प्रगति गर्दै सुन्दर जीवन यापन गर्न मानवलाई सहयोग गर्न प्रोत्साहित गरी विश्वलाई मानव जातिको सुन्दर बसोवासको थलोका रुपमा विकास गर्नु पर्छ भन्ने धारणा अभिव्यक्त गर्नु मानववादको उद्देश्य हो ।

मानववादले समाजमा मानव प्रतिष्ठालाई स्थापित गराउँदै अधिकमात्रामा व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति, चुनौतिका बिचमा अवसरहरुको खोजी र समाज र विश्वपरिवेशमा उत्तरदायित्वको बोध गराउने काम गर्छ । यसले ईश्वर, दैवीशक्ति वा परमशक्तिको अभौतिक काल्पनिक अयथार्थवादी विचार धारालाई दुरुत्साहित गर्दै मानव आफ्नो वर्तमान र भविष्यको निर्माता र परिकल्पनाकार आफु स्वयं हो भन्ने स्वावलम्बी विचार प्रवाह गर्दछ । संसार वा ब्रम्हाण्डको निर्माता अलौकिक अजर, अमर र अविनाशी ईश्वरीय तत्त्व छ भन्ने विश्वास नराख्ने भएकाले यसलाई पूरातनवादीहरु अनीश्वरवादी वा नास्तिक दर्शन भन्छन् ।नास्तिक दर्शनको सार मानव, प्राणी जगत् र संसारको जन्म, जीवन र मरणमा ईश्वर वा परमशक्तिको कुनै भूमिका छैन भन्ने हो । वेदले पनि

“जलले गर्भ धारण गरेर महान् अग्नि र आकाश आदि उत्पन्न भए त्यसपछि देवतामध्ये अद्वितीय प्राण उत्पत्ति भयो ।”(वैद्य, २०७६, पृ.३३)

भनी संसारको सृष्टि आद्य तत्त्व जललाई मानेर ईश्वरलाई सृष्टिकर्ताका रुपमा अस्वीकार गरेको छ ।

चार्वाक दर्शनले पदार्थलाई परम सत्य स्वीकार गरेको छ ।

“यस लोकायत दर्शनले ज्ञानका स्रोतका रुपमा पृथ्वी, जल, तेज र वायुजस्ता भौतिक तत्त्वलाई लिने गर्दछ र चैतन्यको उत्पत्ति भौतिक तत्त्वबाटै हुने कुरा मान्दछ।
(वैद्य, २०७६, पृ.५१)

यो यसै धर्ती र जीवनप्रति निष्ठावान् भएकाले स्वर्गनर्क,पापपुण्य, धर्मअधर्म र ईश्वर र परमात्माको विरोध गर्दछ । बौद्ध दर्शन पनि मानववादी दर्शनका रुपमा स्थापित छ ।

“बुद्ध दर्शनले ईश्वर, आत्मा, कर्मकाण्ड, अन्धविश्वास, पुनर्जन्म आदिलाई मान्यता दिदैँन ।”
(के सी, २०६४, पृ.२०)

भौतिकरुपमा स्वीकार गरिएका तत्त्वबाहेक अन्य कुरालाई बौद्ध दर्शनले मानेको छैन ।

“यो संसार उत्पत्ति र विनाशको प्राकृतिक नियमअनुसार शासित छ अतः ईश्वरलाई विश्वको स्रष्टा मान्नु उपयुक्त छैन।” (चालिसे, २०६१, पृ. ३८)

नास्तिक भनिएका दर्शनले मानवलाई केन्द्रमा राखेर आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

“ईश्वर संसारको निर्माता र संरक्षक दुबै होइन । मान्छेका राम्रा नराम्रा क्रियाकलापको मूल्याङ्कन गरेर दण्ड र पुरस्कार दिने कुरा ईश्वरको होइन ।”
(सिंह, ई २०१९, पृ. ५०९)

मानववादभित्र ईश्वरीय शक्तिको अस्वीकार र मानव नै स्वविवेकी, स्वतन्त्र, स्वउत्तरदायी प्राणी हो भन्ने मान्यतालाई सर्वोपरि ठानिएको छ । यसले ईश्वरभक्ति, स्तुति, कर्मकाण्ड, बलि आदि धार्मिक क्रियाकलाप र त्यसका सहायक उत्पादनका रुपमा रहेका धामी, झाँक्री, बोक्सी, झारफुक, टुनामुना आदि रुढि र अन्धविश्वासको खण्डन गर्दछ । मानव र उसका स्वाभाविक प्राकृत क्रियाकलाप, मानवहित, लोककल्याण, कर्तव्य पालना, विवेक र बुद्धिमत्तापूर्ण निर्णय, तार्किक पुष्टि आदि कुरालाई मानववादका रुपमा अङ्गीकार गरिएको छ । प्रस्तुत लेखमा मानववादका आधारभूत मान्यताका आधारमा ग्रीष्मको नीलो बतास नियात्रामा मानवकल्याण, ईश्वर र ईश्वरीय शक्तिप्रतिको अवधारणा र रुढि र अन्धविश्वासलाई हेर्ने दृष्टिकोणको खोजी गरिएको छ ।

अध्ययन विधि:

प्रस्तुत लेखमा मानववादको केन्द्रीयतामा ग्रीष्मको नीलो बतास नियात्राको विश्लेषण गर्ने सन्दर्भमा प्राथमिक स्रोतका रुपमा दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको नीलो बतास नियात्रालाई लिइएको छ । यसै गरी द्वितीयक सामग्रीका रुपमा ग्रीष्मको नीलो बतास नियात्रा र नियात्राकारको नियात्राकारिताका बारेमा लेखिएका सामग्री र सैद्धान्तिक पर्याधार निर्माणका लागि मानववाद सम्बन्धी विभिन्न दर्शनशास्त्र र तत्सम्बन्धी लेखरचनालाई उपयोग गरिएको छ । प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानववादको खोजी गर्ने सन्दर्भमा त्यसको उपकरणका रुपमा
(क) मानवकल्याणको खोजी
(ख) ईश्वर र ईश्वरीय शक्तिप्रति असहमति
(ग) रुढि र अन्धविश्वासको विरोध…

उपशीर्षकमा अध्ययनको ढाँचा निर्माण गरी मानववादको विवेचना गरिएको छ । प्रस्तुत लेखको अध्ययन विधि गुणात्मक ढाँचाको रहेको छ ।

ग्रीष्मको नीलो बतास नियात्राको विश्लेषण:

ग्रीष्मको नीलो बतास (२०७८) दामोदर पुडासैनी ‘किशोर’द्वारा रचित उत्कृष्ट नियात्रा हो । यसमा काठमाडौँबाट खप्तड हुँदै नैनीतालसम्मको यात्रा गरिएको सन्दर्भ समावेश गरिएको छ । यस नियात्रामा यात्राका क्रममा नियात्राकारले देखे भोगेका दृश्य, घटना र परिवेशको सुन्दर र यथार्थपरक चित्रण गरिएको छ । यस लेखमा तिनै दृश्य, घटना र परिवेशका माध्यमबाट नियात्राभित्र देखिएको मानववादको स्वरुपलाई देखाउने प्रयास गरिएको छ । मानववादको आधारभूत मान्यताका पृष्ठभूमिमा निर्माण गरिएका उपकरणका आधारमा विभिन्न तिन उपशीर्षकमा प्रस्तुत नियात्राको विश्लेषण गरिएको छ ।

(क) मानव कल्याणको खोजी

मानववादले मानवीय मूल्य र गौरवलाई महत्त्व दिन्छ । मानिसले आफ्ना समस्याको समाधान विज्ञान र तर्कका आधारमा गर्नु पर्छ । सुन्दर जीवनयापन गर्न मानवले मानवलाई सहयोग गर्नु पर्छ । मान्छेका व्यक्तिगत उन्नति, प्रगति र विकासका लागि प्रयत्न गर्नु पर्छ । मान्छेलाई केन्द्रबिन्दुमा राखेर मानव कल्याणका लागि काम गर्नु पर्छ भन्ने आधारभूत सिद्धान्तका आधारमा प्रस्तुत विवेच्य ग्रीष्मको नीलो बतास नियात्रामा मानववादको स्वरुप स्पष्टरुपमा देख्न सकिन्छ । स्वतन्त्र र समृद्ध मान्छेका पक्षमा वकालत गर्ने पुडासैनीको नियात्राको एउटा महत्त्वपूर्ण प्राप्ति मानववाद हो । मान्छेले भगवान् सन्तुष्ट पार्ने भन्दा मान्छे सुधार्ने काम गर्नु, मानिसलाई ज्ञानी बनाउन पढ्ने कुरा बढाउनु, आफ्ना कार्यले अरुलाई हानी नोक्सानी नगर्नु जस्ता मानव कल्याणका कोणबाट मानववादको स्थापना गर्ने मार्गमा प्रस्तुत नियात्रा सफल भएको छ । तलको साक्ष्यका आधारमा मानववादको स्वरुपको अवलोकन गर्न सकिन्छ ।

“देवमूर्ति र देवस्थल बनाउने नाममा जङ्गल सखाप पारेर जनावर र चराचुरुङ्गी भगाएर र उर्वरा माटोमा कङ्क्रिटको थुप्रोले ढाकेर कहाँ हुन्छ र मान्छेका लागि राम्रो ।”
(पुडासैनी, २०७८, पृ. ३५)

प्रस्तुत साक्ष्यमा देवमूर्ति र देवस्थलको निर्माणको प्रसङ्गले तिनको विरोध मात्र गरेको छैन त्यसलाई माध्यम बनाएर मानव कल्याणको कुरा गरेको छ । मान्छेले आफ्नो बाँच्ने आधार अन्नको उत्पादन उर्वरा भूमिमा गर्नु पर्नेमा समाजका अगुवाहरू त्यस्ता ठाउँमा मन्दिर निर्माण गरी जङ्गली जनावर, चराचुरूङ्गी र मानवलाई एकै साथ हानी गर्न लागेकाले मानव कल्याणका लागि मानव र उसका सहयोगी प्रकृति र चराचुरूङ्गीको संरक्षण गर्नु पर्छ भन्ने कुरा अभिव्यक्ती भएको छ । जङ्गल, जनावर, चरा समाप्त हुने हो भने मानव पनि अरु सँगसँगै समाप्तितिर जाने भएकाले आफ्नो संरक्षणको दायित्व मानव स्वयंले लिनु पर्छ भन्ने आशयलाई प्रस्तुत भनाइका आधारमा बुझ्न सकिन्छ । यसबाट मानव जातिको जीवन रक्षाका लागि देवमूर्ति र देवस्थलभन्दा उर्वर जमिन, जङ्गल, जनावर र चराचुरुङ्गी बढी महत्त्वका छन् भन्ने बुझ्न सकिन्छ । मानवहितका लागि आवश्यक पर्ने प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न मान्छे नै अघि सर्नु पर्छ भन्ने मानववादी दृष्टिकोण माथिको भनाइबाट अभिव्यक्त भएको छ ।

मान्छेले आफ्नो र संसारको संरक्षणका लागि निरन्तर लागिरहनु पर्छ । कर्ममा पूर्ण विराम लगाउने मान्छेबाट मानवको कल्याण नहुने भएकाले केही नकेही नवीन आविष्कारमा लाग्ने मान्छे सबैको प्रिय हुन सक्छ । प्रस्तुत नियात्राले मानव शान्तिको कामना गरेको छ । त्यस्तो शान्ति अरुले गरेका नकारात्मक क्रियाकलापका विरुद्धमा नबोली मौनताबाट प्राप्त हुने शान्ति नभएर मानव क्रियाशीलताबाट निसृत सिर्जनाबाट प्राप्त हुनु पर्छ । यसले शान्ति र समृद्धिका फाँटहरु फराकिला बनाउने चलन चलाउनु पर्ने विचार प्रकट भएको छ । समाजमा मानिसबाट मानिस हेपिने र अपहेलित हुने विभिन्न चलन र त्यसलाई धर्मसँग जोडेर हेर्ने मानवहित विपरीत कर्मप्रति नियात्रामा रोष व्यक्त गरिएको छ । बलशालीले निर्बललाई हेप्न र थिच्न जातको कल्पना गरिएको हो । हरेक मान्छे जन्मे पछि मान्छे मात्र रहने तर बलशालीहरुले मान्छेका बिचमा फाटो ल्याएर आफ्नो प्रभुत्व कायम राख्न जातको चलन चलाइएको हो । मानव विरोधी जात प्रथाको विरोध गर्नका लागि नदीको जात विहीनतालाई दृष्टान्त दिँदै मानववादी धारणालाई तलको भनाइले अझ स्पष्ट पारेको छ ।

“नदी सुन्दरमात्र छैन, बुद्धिमत्तापूर्वक आफ्नै नियममा चलिरहन्छ । ऊ सधैँ नयाँ खोज्छ । ऊ पुरुष पनि होइन नारी पनि होइन, कालो पनि होइन गोरो पनि होइन, उसको जात पनि छैन, ऊ कुनै धर्ममा विभाजित छैन, एउटै धर्म पालना गर्छ बग्ने , भेटेसम्म तिर्खा मेटाइदिने र हरेक बगाइमा सङ्लिँदै जाने ।” (पुडासैनी, २०७८ः ११३)

प्रस्तुत साक्ष्यमा नदीको स्वधर्मको चर्चा गरेर मानववाद स्थापित गर्ने उद्देश्य अन्तर्निहित छ । नदीको स्वभाव र गतिशीलताको प्रशंसामार्फत् मानवले आफ्नो सहज प्रकृतिलाई बिर्सिएको तितो यथार्थलाई सङ्केत गरेको छ । आफ्नो जन्मगत रुपमा प्राप्त प्राकृत नियम पालना गर्नु बुद्धिमत्ता भए पनि मान्छेले मानव कल्याणको मार्ग छाडेर बुद्धि र विवेक गुमाएको छ । मान्छेले पनि नदीजस्तै नित्य नवीनताको अन्वेषण गर्नु पर्नेमा समाज विरोधी पुराना रुढ कुरामा अलमलिएको छ । जन्मजात प्रकृति र पुरुषको सृष्टिको निरन्तरताको धर्मलाई उपेक्षा गरेर नारी र पुरुषका बिचमा सामाजिक विभेदद्वारा आपसमा दूरी बढाइएको छ । मानव बस्ती रङ, जात र धर्मका खण्डहरुमा विभाजित भएर एक अर्कालाई निच देखाउन अग्रसर भएकाले आफ्नो पन, आफ्नो गति र आफ्नो उद्देश्य बिर्सिएर दिन प्रतिदिन धमिलिँदै गइरहेको छ । निरन्तर गतिशील नदी कुनै पनि वर्ग वा कोष्ठमा विभक्त नभई मरुभूमिमा सिँचाइ गर्दै आफू स्वयं पवित्र बन्दै बगिरहेको छ । मानव भने परार्थबाट विमुख हुँदै मानव धर्मको गन्तव्य विर्सिएर बिटुलिएको छ । यस भनाइका माध्यमबाट मानवले पनि नदिझैँ सहज प्राकृत जीवन निर्वाह गर्दै समग्र मानवहित र मानव कल्याणका मार्गमा अग्रसर हुनु पर्छ भन्ने मानववादी चिन्तन प्रस्तुत गरिएको छ ।

प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानवलाई केन्द्रमा राखेर जीवन यात्रामा ओइलाएको दुखी पात पन्छाउनु पर्छ, आफैँलाई घोच्ने दुख र पीडाका तिखा काँडाहरु फाँड्नु पर्छ र पूर्ण मानव भएर हर्षपुर्वक बाँच्न उमङ्गका फूल फुलाउनु पर्छ भन्ने दृष्टिकोण अगाडि सारेको छ । मानव जीवनका दुख र पीडाजस्ता अँध्यारा पाटालाई हटाउँदै उल्लासको वातावरण निर्माण गर्न मठ र मन्दिरभन्दा ओत लाग्ने टहरा र रात बिताउने घरको आवश्यकता छ । मान्छेहरु गाँस, बास र कपासबाट वञ्चित हुने तर भगवान्का नाममा भव्य मठमन्दिर र मिष्टान्न भोग लगाउने कुराको विरोध गरी भगावनभन्दा मान्छेलाई प्राथमिकता दिनु पर्ने मानववादी चिन्तन प्रस्तुत नियात्रामा अभिव्यञ्जित भएको छ ।

मान्छे प्रकृतितत्त्वसँग नजिक रहेर विकसित प्राणी हो । ऋतु परिवर्तनझैँ मानव जीवनमा सुखदुख र हर्षविस्मात्का क्षणहरु आइरहन्छन् । प्रकृतिमा आउने फेरबदलमा तदनुकूल घुलमिल भए झैँ जीवनका हरेक मोडलाई स्वाभाविक ठान्दै रमाउन सक्नु पर्छ । मान्छेसँग भावनात्मक दूरी घटाउँदै प्रगाढ सम्बन्ध कायम गर्नु पर्ने मानववादी भावनालाई तलको भनाइले अझ स्पष्ट पारेको छ ।

“मान्छे भएको ठाउँमा मान्छेले नै पुग्न गाह्रो मान्ने हो भने मान्छे हुनुको के अर्थ?” (पुडासैनी, २०७८, पृ.२२५)

प्रस्तुत साक्ष्यमा भौगोलिक रुपमा विकट मान्छेको सानो बस्ती भएको ठाउँमा पुग्न नचाहने कर्मचारी मानसिकतालाई लक्षित गरी मानववादी दृष्टिकोण प्रस्तुत गरिएको छ । यसमा मान्छेबाट टाढिन लागेको मान्छेको नियतिलाई लक्षित गर्दै मान्छेबाट तर्किने मान्छे आकृतिले मानवजस्तो देखिए पनि वास्तवमा त्यो मान्छे हुन नसक्ने कुरा अभिव्यञ्जित भएको छ । मान्छेसँग नजिकिनु र उसका अप्ठ्यारामा सहयोगी बन्नु मान्छेको धर्म र दायित्व हो तर आजको मान्छे अर्को मान्छेसँग टाढिन खोज्छ र आफ्नो कर्तव्यबाट विमुख हुन्छ ।

उपर्युक्त साक्ष्यहरुका आधारमा ग्रीष्मको नीलो बतास नियात्राले मानव कल्याणलाई प्राथमिकतामा राखेको छ । मानवहितको भावना र मानवोचित व्यवहारले नै मान्छेलाई मान्छे दर्जामा राख्न सकिन्छ । एक सुपात्र ड्राइभर जावेदका गतिविधि र मान्छेको उद्देश्य अरुलाई सहयोग गर्नु भन्ने जीवन दर्शनबाट लेखकको मान्छेप्रतिको दृष्टिकोण प्रस्फुटित भएको छ । नदीजस्तो बनेर प्राकृत जीवन निर्वाह गरी आफ्ना समस्यासँग आफैँ सङ्घर्ष गर्दै समग्र मानव जातिको कल्याणमा लाग्नु पर्ने मानववादी चिन्तन अभिव्यक्त भएको छ ।

(ख) ईश्वर र ईश्वरीय शक्तिप्रतिको असहमति

“मानववादले ईश्वर र ईश्वरीय शक्तिप्रति विश्वास गर्दैन । सारा भौतिक चिजहरु भौतिक कारणले निर्माण हुन्छन्, जे देखिन्छ त्यो सत्य हो, त्यसको पर कुनै छैन ।” (पुडासैनी,२०७२, पृ. ११९)

अनीश्वरवादी दर्शनशास्त्रीका दृष्टिमा ईश्वरको परिकल्पना अनावश्यक छ भन्ने कुरा तलको भनाइले पुष्टि गरेको छ ।

“यो संसार उपत्ति र विनाशको प्राकृतिक नियमअनुसार शासित छ अतः ईश्वरलाई विश्वको स्रष्टा मान्नु उपयुक्त छैन ।” ( चालिसे, २०६१, पृ.३८)

यसै गरी मानववादी चिन्तक जयपृथ्वी बहादुर सिंहको दृष्टिकोण यस प्रकार रहेको छ ।

“ईश्वरले हामीलाई न त निश्चित मार्गमा हिँड्न निर्देश गर्न सक्छ न त हाम्रा राम्रा नराम्रा कर्मको मूल्याङ्कन गरी दन्ड वा पुरस्कार गर्न सक्छ ।” (सिंह, ई.२०१९, पृ.५०९)

ईश्वरीय छायाबाट स्वतन्त्र रहेको मान्छेको कल्पना नै मानववादको ध्येय हो ।

“मान्छे विवेकशील प्राणी हो, ऊ विवेकले नै अन्तिम निर्णय गर्न सक्छ ईश्वरको सहारा लिनु पर्दैन ।” ( पुडासैनी, २०७२, पृ. १२१)

ईश्वरप्रति असहमति राख्ने उपर्युक्त चिन्तनका पृष्ठभूमिमा ग्रीष्मको नीलो बतास नियात्राको विश्लेषण गरिएको छ ।
प्रस्तुत ग्रीष्मको नीलो बतास नियात्रामा मानव र मानवीय शक्तिलाई प्राथमिकता दिँदै ईश्वर र उसको काल्पनिक शक्तिप्रति असहमति जनाइएको छ ।
डार्बिन, ग्यालिलियो, हकिन्सजस्ता भौतिकवादी वैज्ञानिकका उद्धरणलाई प्रमाणका रुपमा प्रस्तुत गरेर नियात्राकारले ईश्वरप्रतिको धारणालाई पुष्टि गर्ने प्रयास गरेका छन् । प्रकृति चल्ने प्रकृतिहरुकै संयोजनबाट भएकाले प्रकृतिभन्दा पृथक् प्रकृतिलाई नियन्त्रण गर्ने अदृश्य ईश्वरीय शक्ति अरु केही छैन । प्रस्तुत नियात्रामा ईश्वरको नकारात्मक चरित्रलाई देखाएर ईश्वरप्रति असहमति प्रकट गरिएको छ ।

“ए, दवीदेवताहरुलाई पनि घुस ख्वाए, भेटी चढाए, बलि दिए मात्र आफ्ना हुँदा रहछन् नत्र त खराब पो हुँदा रहेछन् हगि !” (पुडासैनी, २०७८, पृ.३७)

प्रस्तुत कथनमा देवदेवीको आनीबानीप्रति व्यङ्ग्य गरेर त्यस प्रकारका चरित्र भएका ईश्वर र उसका अंशहरुले कसरी संसारको सृष्टि, स्थिति र व्यवस्थापन गर्न सक्छन् भन्ने आशङ्का प्रकट गरिएको छ । मति र गति भ्रष्ट समाजले दुत्कारेको खराब मान्छेभन्दा तल गिरेर आफ्नै सन्तानसँग घुस खाने, भेटी खोज्ने र त्योभन्दा अझ तल संवेदना शून्य बनेर बलि माग्ने जस्ता अमर्यादित कर्म गर्ने शक्तिलाई कसरी संसारको कर्ता र भर्ता मान्न सकिन्छ भन्ने गम्भीर प्रश्न उठाइएको छ । आफ्नै सन्तानको रगत पिउन नपाउँदा संसारको अनिष्ट गर्न उद्यत हुने रक्तपिपासु शक्तिलाई ईश्वर मान्ने कुरामा प्रस्तुत नियात्राको असहमति रहेको सङ्केत माथिको भनाइबाट सिद्ध भएको छ । माथिका दुष्कर्म गर्नबाट मानिसलाई रोकेर सन्मार्गमा हिँड्न अग्रसर गराउनु पर्ने शक्ति आफैँ प्राकृत आचरण विरुद्धमा लाग्छन् भने त्यस्तो शक्तिलाई सम्मानित दर्जा दिन उपयुक्त नहुने आशय प्रस्तुत भनाइबाट अभिव्यक्त भएको छ ।

ईश्वरले संसारको सृष्टि गरेका हुन् भन्ने परम्परित धारणालाई यस नियात्राले खण्डन गरेको छ । यस संसारको सृष्टि सर्वशक्तिमान् ईश्वरले गरेको नभएर ईश्वरको कल्पना भने मानवले गरेको कुरा नियात्रामा गरिएको छ ।

“मान्छेले ईश्वर बनायो तर सबैभन्दा शक्तिहीन बनायो । हल्ला भने चलाइदियो सर्वशक्तिमान् छ ईश्वर ।” (पुडासैनी, २०७८, पृ. २२४)

प्रस्तुत भनाइबाट मान्छे र संसार ईश्वरका रचना नभएर ईश्वरचाहिँ मानवको निर्मिति हो भन्ने पुस्टि गर्न खोजिएको छ । ईश्वर जतिसुकै शक्तिशाली छ भनेर हल्ला चलाए पनि त्यो मानवले कल्पना गरेको अवास्तविक तत्त्व भएकाले उसको शक्तिले मानव र संसारलाई कुनै प्रभाव पर्दैन । काल्पनिकरुपमा सर्वशक्तिमान् माने पनि ईश्वर कुनै विशिष्ट गुणशाली यथार्थ वस्तु नभएर आफ्नो निहित स्वार्थपूर्ति गर्न मान्छेले निर्माण गरिएको भ्रममात्र हो भन्ने विचार अभिव्यक्त भएको छ ।

यसरी नै तलको भनाइबाट पनि ईश्वरको अस्तित्वप्रतिको असहमति प्रकट भएको छ ।

“यत्रो सृष्टि देवताले नै गरेका हुन् भने मान्छेले ख्वाएपछि मात्र खान पाउने भन्ने पनि हुुँदैन नि । मन लागे आफैँ खाइहाल्ने थिए नि ।” (पुडासैनी, २०७८,पृ. ३८)

प्रस्तुत भनाइबाट ईश्वर र उसको शक्तिप्रति प्रश्न उठाएर ईश्वरको अस्तित्वप्रति असहमति जनाइएको छ । ईश्वर हुन्थ्यो र प्रचार गरिएजस्तो सर्वशक्तिमान् थियो भने आफ्ना आवश्यकताहरु आफैँ पुरा गर्न सक्नु पर्ने थियो । मानव इच्छाशक्ति र मानवले चाहे अनुरुपको खानामा निर्भर हुने निरीह ईश्वरको अवस्थाले वास्तवमा ईश्वर छैन भन्ने पुस्टि गरेको छ । आफ्नै सन्तानको बलि दिएर आफैँलाई प्राणीको रगत खान बाध्य पार्ने मान्छेको क्रियाकलापलाई रोक्न नसक्ने र निरीह भई रक्तमांस भोग गर्ने कार्य विरोधाभासपूर्ण छ । जसले संसारको सृष्टि गरेर सम्पूर्ण प्राणी र प्रकृतिको संरक्ष

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ग्रीष्मको नीलो बतास ज्ञानु ढुंगेल डा. दामोदर पुडासैनी पुस्तक चर्चा

यो पनि पढ्नुहोस्...

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

कथा: पश्चाताप

कथा: सपना

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.