हुन त
धेरै नै बर्ष भइसक्यो
पुरानो भयो र फाट्यो
अन्त्यमा मक्किएर धुजा धुजा भइ
खै कहाँ मिसिन गयो त्यो जुत्ता ।।
हजुरबाले यस्तै दशैमा
बजार बाट त्यहीँ मिल्ट्री जुत्ता ल्याइदिनुहुँदा
लागेको थियो,
संसारमा म भन्दा भाग्यमानी को होला??
पुरानो भयो र फाट्यो
अन्त्यमा सक्किएर हावामा,खोलामा,आकाशमा
खै कहाँ मिसिन गयो त्यो जुत्ता।।
हुन त धेरै बर्ष भइसक्यो
हजुरबाले किन्दिएको मेरो त्यो जुत्ता जस्तै
हजुरबा पनि उमेर र आयुको जिन्दगीबाट
क्रमश:मक्किदै मक्किदै
अन्त्यमा यो सांसारिकता बाटै सक्किएर
खै कहाँ मिसिन जानू भो।।
धेरै नै बर्ष भइसक्यो
आज म बाउ बनिसक्दा सम्झिरहेछु
हजुरबा भएर अभावमा पनि
नातिप्रतिको उत्तरदायित्वको कठघरामा
आफैलाइ उभ्याइरहेको छु।।
हुन त धेरै बर्ष नै भइसक्यो
तर मलाई पनि सम्झनाका बच्पनाहरुले छोडेका छैनन
हजुरबाको र मेरो त्यो दशैँ
मैले मिल्ट्री जुत्ता पाएको दशैँ पोहोर नै जस्तो लाग्छ
तर,यस्ता दशैँ र यस्ता पोहोरहरु धेरै आएछन
र ,यसपाली पनि आएको छ एउटा त्यस्तै दशै
अक्सर यस्ता दशैहरु
प्रत्यक साल आउने गर्छ
मेरो हजुरबाको प्रतिबिम्ब लिएर।।
साँझा बस्ती,खोटाङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।