यो देशमा
गुलियो कुरा गर्नेहरूपनि फटाहा हुन्
तीतो र टर्रो कुरा गर्नेहरू पनि फटाहा हुन् ।
सुकिला परिधान र कालो मनका नेता फटाहा हुन्
फटाहा नेता चिनेर भोट दिने झन् ठूला फटाहा हुन्
मिसावट गर्ने
व्यापारी, किसान , उद्योगी , कर्मचारी सब फटाहा हुन् ।
सबै उस्तै उस्तै छन्
कोही खाएर लुक्छन्
कोही लुकेर खान्छन्
कोही खान पाएर चुप बस्छन्
कोही खान नपाएर रामनामी ओडछन् ।
सबै उस्तै त छन् जेरी जस्ता
बाटो र आकार मात्र जेलिएर घुम्रिएको हो सबैको
जेरी न हुन् ,जताको चाखेपनि स्वादमा कुनै अन्तर छैन ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।