यो देशमा
गुलियो कुरा गर्नेहरूपनि फटाहा हुन्
तीतो र टर्रो कुरा गर्नेहरू पनि फटाहा हुन् ।
सुकिला परिधान र कालो मनका नेता फटाहा हुन्
फटाहा नेता चिनेर भोट दिने झन् ठूला फटाहा हुन्
मिसावट गर्ने
व्यापारी, किसान , उद्योगी , कर्मचारी सब फटाहा हुन् ।
सबै उस्तै उस्तै छन्
कोही खाएर लुक्छन्
कोही लुकेर खान्छन्
कोही खान पाएर चुप बस्छन्
कोही खान नपाएर रामनामी ओडछन् ।
सबै उस्तै त छन् जेरी जस्ता
बाटो र आकार मात्र जेलिएर घुम्रिएको हो सबैको
जेरी न हुन् ,जताको चाखेपनि स्वादमा कुनै अन्तर छैन ।


