“ए बा ! उनीहरू फेरि पो आए जस्ता छन् ।”
“हँ ! हो र ?
सोधिहाले भने बा घरमा हुनुहुन्न भन्दे है ।”
दुई-चार दिन अघिमात्र मिटर ब्याजी साहुकारले सातो लिएका बाको हातखुट्टा काम्न थाल्यो । बा हत्तारिदै घरभित्र छिरे । आगन्तुक पनि जमात सहित आँगनमा झुल्कदै सोधे –
“ए बाबु ! बा हुनुहुन्न घरमा ?”
“बा त हुनुहुन्न । सहरतिर जानु भएको छ । १५-२० दिनमा फर्कने भन्दै हुनुहुन्थ्यो ।”
“लौ मार्यो एक भोट खेर गइहाल्यो नि ।”
आगन्तुक अलि निराश देखिए ।
छोरोले उज्यालो मुखाकृति बनाउँदै भन्यो
“ए बा ! बाहिर निस्कनुस् त । पैसा लिने हैन दिने आउनु भएछ ।”
(लघुकथा सङ्ग्रह ‘खास्टो’मा सङ्ग्रहित लघुकथा “साहुकार )