“ऊ अवसरवाद थियो आज बिक्री भयो । यस्ता स्वार्थिहरू हाम्रो पार्टीमा बस्नु भन्दा जानु ठिक हुन्छ।”
सुनिताले हिमलालको खरो आलोचना गर्दै भनि।
‘दुई महिना भैसकेको थियो हिमलाल नोकरी पाएपछि पार्टी छाडेको।’
आजको आमसभामा जील्ला समितिका गणमान्य जिम्मेवार व्यक्तिहरूको उपस्थिति थियो।
“आगामी नेतृत्वको जिम्मा सुनितालाई दिनुपर्छ । हिमलालले पार्टी सँग गद्धारी गर्यो तर सुनिता भने इमानदार नेत्री हो ।” एउटा नेताले अर्को नेताको कानमा बिस्तारै भन्यो।
“हो पार्टीले यो बिकट ठाउँमा यस्तो जुझारू नेता पाउँनु भनेको त सौभाग्य हो।”
अर्कोले पनि पहिलो नेताको समर्थनमा कानैमा थप्यो।
सुनिताले मञ्चमा जोसिला क्रान्तिकारी भाषण सकेसम्म गरेर आफ्नो लामो भाषणको बिट मारी।
बाक्लो उपस्थिति थियो सबैले पररर ताली पिटे।
भिडको बिचमा पनि कयौँले सुनिताको प्रशंसामा कानेखुसी गरेको देखिन्थ्यो।
रिजल्ट आउँन धेरै समय लागेन आजै उसलाई नोकरीको अफर आयो विद्युत बिभागबाट।
“आमा ! सुनिता कहाँ जाँदैछन् झोला बोकेर?” बलबहादुरले सुनिताको घरमा पुगेर सोधे।
“खै बाबु विद्युत बाट फोन आएको थियो उतै गई की खासै जानकारी छैन।” सुनिताको आमाले भनिन्।
“बाबु कसरी आएका केही काम थियो की?” उनले थपिन्।
“आमा भोली बैठक थियो माथिबाट नेताहरू आउँने कुरा थियो। त्यहीँ सल्लाह गर्न भनेर आएको।”
बलबहादुरले भन्यो।
“खै बाबु सुनिता त केही दिन न आउँने गरि गए भन्थि कपडा झोला भरी बोकेर गई।”
आमा सुमित्राले भनिन्।
ऊ नबोलि त्यहाँबाट हिंड्यो।