हराउँदैन कहिल्यै यहाँबाट
हतार नगर्नुस्, ढुक्कसँग हेर्नुस्
पृथ्वीकाे अट्ठाइस डिग्री अक्षांश
र चाैरासी डिग्री देशान्तरमाथि
पुर्खाहरुकाे पदचाप जस्ताे देखिने
सदाबहार इन्द्रेनी हाे याे
मिलाउँदै जानुस् हृदयकाे लेन्स
तपाईंकाे आँखाकाे रेटिनामा
बन्दै जानेछ एउटा बहुरङ्गी विम्ब
आँखाकाे रेटिनाबाट
मस्तिष्ककाे मध्यविन्दुमा आइपुग्दा
तथ्याङ्क विभागकाे तालिका जस्ताे लाग्न सक्छ
नियाल्दै जानुस् तालिकाका काेठाहरु
प्रत्येक काेठामा
फरक फरक बान्की अनुहार फेला पर्नेछन्
मस्तिष्ककाे मध्यविन्दुबाट
मनकाे मझेरीमा आइपुग्दा
रङहरुकाे राजधानी जस्ताे लाग्न सक्छ
चहार्दै जानुस् राजधानीका चाेकहरु
प्रत्येक चाेकमा
फरक फरक शैलीका सालिक भेटिनेछन्
महायज्ञकाे मण्डप जस्ताे
रङ्गीबिरङ्गी विम्ब जाे बनेकाे छ
ठ्याक्कै देशकाे नक्सा जस्ताे देखिन्छ
राता, निला, पहेँला, हरिया…
थरिथरिका धर्साहरु जाेडिएर
निर्माण भएकाे नक्साभरि
फैलिएकाे छ इन्द्रेनी सभ्यता
र इन्द्रेनी राष्ट्रियता उचालेर
विश्व मानचित्रमा उभिएकाे छ
एउटा सुन्दर देश…
डाँफेकाे प्वाँख जस्ताे
रङ्गीचङ्गी झन्डा फरफराइ रहने
इन्द्रेनीकाे देश हाे याे
वा इन्द्रेनी हाे याे देश
धितमरुन्जेल हेर्नुस्
रङहरुकी रानीकाे रूप
हेर्दाहेर्दै इन्द्रेनीकाे दर्पणछाया
यत्ति कुरा हेक्का राख्नु हाेला-
गाढा भयाे भने एउटा मात्र रङ
भद्दा भइदिन्छ इन्द्रेनी
फिका भयाे भने मात्र एउटा रङ
मधुराे देखिन्छ इन्द्रेनी
खुइँलिएर गयाे भने कुनै एउटा रङ
शाेभा सिद्धिन्छ इन्द्रेनीकाे ।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।