कुन देश तिम्रो हो ?
कुन देश मेरो हो ?
कुन नदि तिम्रो हो?
कुन खोला मेरो हो?
कुन सागर तिम्रो हो?
कुन सगर मेरो हो?
कुन चन्द्र मेरो हो?
कुन तारा तिम्रो हो?
तिम्ले फेरेको श्वास
मैले फेरेको श्वास
जब एकै पृथ्वीको हो भने
फेरि किन हामी सिमानाले छुट्टीएका?
कस्ले बार लगायो
तिमी र मेरो बीचमा ?
मैले आँखा पखालेको पानी
तिमी छेउको
समुन्द्रमा पुग्न कति दिन लाग्ला?
चरिले जुठो हालेको हलुवाबेद र अम्बा
मैले अलिकति चाखेर
रुमालमा पोको पारेर खोलामा बगाएको छु
तिमी समुन्द्रको किनारमा बसिरहु है!
देख्नासाथ समाउनु
आँखा धोएको पानी र
चरिले जुठो हालेको हलुवाबेद
सगै सगै आउदै होला !
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।