Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: तिनतले घर

संस्मरण: तिनतले घर

गैर आख्यान - संस्मरण
तारा के. सीतारा के. सीकार्तिक १३, २०८१365 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

हजुरआमाले भन्नुहुन्थ्याे;
“तिनतले ठुलाे घर नाै महिनामा भत्केपछि नाै बर्ष छाप्राेमा बसेर बनाएकाे याे घर। याे घर बनाउन मैले पाँचपाथी जाने डालाेकाे एक डालाे गहना बेचेकाे छु।

म ठुलाे भएपछि देखेकाे त्याे घरकाे विरासत यस्ताे थियाे।
दक्षिण तर्फ फर्किएकाे मुल ढाेका थियाे ।फराकिलाे थियाे आँगन। आँगनमाथि पिढी। पिढीकाे पश्चिमपट्टी ठुलाे फलैंचा। पुर्वपट्टी जाँताे। बिचमा मुल ढाेका। युगलाई नै चुनाैती दिनेगरि उभिएकाे त्याे ठुलाे घर।

घरकाे तल्लाे तलामा भने एउटा काेठा र खाली ठाउँ थियाे। जुन खाली ठाउँमा केही बाख्राहरू बाँधिएकाे थिए। भुँइ तल्लामा साना हाफ झ्याल थिए। बिचमा भऱ्याङ्ग थियाे काठकाे। त्याे भऱ्याङ्गमा टेक्ने सातओटा खुड्किलाहरू थिए।

बिचकाे तलामा तीन ओटा सुत्ने काेठाहरू थिए। एउटा मटान थियाे। प्रत्येक काेठामा काठकाे ठुला झ्यालरू थिए। पुर्वतिरकाे काेठाबाट भान्साकाेठा जाने ढाेका थियाे ।

माथिल्लो तलामा जान मटानमा भऱ्याङ्ग थियाे। त्याे भऱ्याङ्ग नजिकै उत्तरतर्फ फर्किएकाे झ्याल थियाे।

माथिल्लाे तलाकाे पुर्वपट्टि चुलीकाे एउटा झ्याल थियाे भने पश्चिमतिर दुइटा चुलीका झ्याल थिए। ती झ्यालबाट पनाैती, गैरीगाउँ, सुब्बागाउँ, नैकिन्टार र बनेपा देखिन्थ्याे। पुर्वपट्टिकाे चुलीकाे झ्यालबाट बतासे ,डाँडागाउँ र सुन्दर शहर धुलिखेल देखिन्थ्याे।

घरकाे माथिल्लाे तलामा राखनधरन गरिन्थ्याे। मकैका कुन्युँ , धानकाे भकारी सबै माथिल्लाे तलामा नै हुन्थ्याे। एउटा ठुलाे काठकाे बाक्सा पनि थियाे त्यहाँ। त्याे बाक्सामा बाले खेतिपातीकाे काम गर्दा चाहिने सामानहरू राख्नुभाकाे थियाे। म त्यही बाक्सामा बसेर पुतली खेल्थे। त्याे बाक्सा मेराे पुतलीकाे घर पनि थियाे।

बाँसकाे चाेयाँले बुनेकाे बक्सा जस्ताे एउटा भाँडाेमा किताबहरू थिए। त्यहाँ मधु-मालतीका कथा, राजकुमार प्रभाकर, रामयण, महाभरतका किताबहरू हुन्थे। ती किताबहरू बाले पढ्नुहुन्थ्याे। महाभारत,। रामायणका श्लोकहरु भाका हालेर गाउनुहुन्थ्याे बा।
त्याे माख्लाे तला अर्थात बुइँगल सबैथाेक अटाउने सङग्रालय जस्तै लाग्थ्याे मलाई।

हजुरआमा र म सुत्ने ढुकुटी खाट थियाे बिच तलामा। ढुकुटीखाटभित्र भाँडाकुँडा टन्न थिए। त्यहाँ सधै भाेटेताल्चा मारेकाे हुन्थ्याे। ढुकुटीखाट नजिकै ठुलाे ट्याङ्का र सन्दुक पनि थियाे हजुर आमाकाे।

ट्याङ्कामा महत्वपूर्ण कागजपत्र, सुनचाँदी, घर जग्गाका लालपुर्जा , पैसा र कपडाराख्नुभाकाे थियाे हजुर आमाले। ट्याङ्काकाे साँचाे सधै हजुर आमासँग हुन्थ्याे। उहाँले बाहेक अरूले त्याे ट्याङ्का खाेल्दैन्थ्याे। हजुरआमा घरकाे मुली र ब्यवस्थापक हुनुुन्थ्याे।

ढुकुटी खाटमाथि भित्ते दराज थियाे। त्याे दराजमा मेरा किताब कापीहरू हुन्थे। रेडियाे र टेबुल घडी पनि थियाे त्यही दराजमा। झ्याल नजिकै झाेक थियाे। झाेकमा कपडाहरू झुण्डाएर राखिन्थ्याे।

ट्याङ्का नजिकै पुर्व फर्काएर राखेकाे ठुलाे काठकाे सन्दुक थियाे। त्याे सन्दुकभित्र हजुर आमाले तेल, घ्यु, मर्रमसलाका सामनाहरू राख्नु भाकाे थियाे।

भान्सामा सामान सकिएपछि हजुर आमाले झिकिदिनु हुन्थ्याे सन्दुकबाट। हजुर आमा घर चलाउने ब्यवस्थापक हुनुहुन्थ्याे। उहाँकाे निर्देशनमा घर चल्थ्याे।

पुर्वपट्टिकाे काेठा दाजु/ भाउजूकाे काेठा थियाे। त्याे काेठाबाट अर्काे काेठा भान्साकाेठा थियाे। भान्साकाेठामा पुर्वपट्टि फर्किएकाे दुइमुखे माटाेकाे चुलाे थियाे । सामान राख्नकाे लागि दायाँ बायाँ भित्ते दराजहरू थिए। उत्तरतर्फ टिलिक्क पारी माझीराखेका तामा र पित्तलका गाग्रीभरि पानी हुन्थ्याे। उत्तरपुर्वमा भाँडाधुने डुर थियाे। खाना दाउरामा पाक्थ्याे। दाउराकाे आपूर्ति बनजंगलबाट गरिन्थ्याे।

खाना कसाैडी र कराईमा पकाएर पिर्का र चकटीमा बसेर खाइन्थ्याे। पानी खान अम्खोरा, करूवा, गिलासकाे प्रयाेग हुन्थ्याे। चिसाे पानी पिउन माटाेकाे गाग्राेकाे प्रयाेग गरिन्थ्याे। पानीकाे स्राेत नजिकैकाे पधेराे थियाे। हाम्राे चाैकाेटमा विभिन्न जात र समुदायकाे छुट्टाछुट्टै पधेराे छ अहिले पनि।

मुखियाकाे पधेराे, बाउनकाे पधेराे, गाेदारकाे पधेराे, नेवारकाे पधेराे, थापाकाे पधेराे।

मर्रमसला बाहेक अरू सबै आफ्नै खेतबारीमा उब्जनी हुन्थ्याे। कृषिप्रधान देशका किसानका छाेराछाेरी हामी। हाम्राे बुबा भने नेपाली सेनामा जागिरे हुनुहुन्थ्यो ।

बर्षभरि खाएर पनि बढि भएकाे अन्नपात बेचबिखन गरेर आवश्यक परेका सामानहरू खरिद गर्थे। मंसिरमा धान भित्र्याउने बेला घरकाे कन्याकेटीलाई पुजा गरेर एकपाथी धान दिइन्थ्याे। त्याे धान त्याे कन्याकाे पेवा हुन्थ्याे। त्यसलाई भुमिपाथी भनिन्थ्याे।

खेतमा धान, गहुँ, ताेरी, जौ खेति गरिन्थ्याे। आलु थाेरै ब्याडमा लगाइन्थ्याे। बारीमा मकै, भटमास, ताेरी, फापर, काेदाेकाे खेतिहुन्थ्याे। प्रत्येककाे घरमा गाई
बस्तु पालिन्थ्याे। हाम्राेमा पनि माली गाई र सानुगाई दुईवटा गाईहरू थिए।

गाउँकाे पुच्छरमा रहेकाे सुन्दर तिनतले झिगटीकाे घरलाई सबैले उभिएर हेर्थे। त्यतिखेर झिगटीकाे घर काेहि काेहिकाेमात्र देखिन्थ्याे। प्रायकाे घर परालकाे छाना भएकाे हुन्थ्याे। लिउँन लगाएकाे कालाे रंगकाे झ्याल। आँगनकाे डिलभरि फुलै फुल फुलेकाे। सफा, शान्त , सुन्दर त्याे तिनतले झिगटी घरकाे सम्झना आज पनि आइरहन्छ।

( यहाँ प्रयाेग भएका केही शब्दहरूकाे अर्थ )
झाेंक – फलामकाे तार अथवा धागाेले दायाँबायाँ अड्काएर लुगाँ झुन्डिएको ठाउँ।
बुइगल – घरकाे माथिल्लो भाग।
मटान- घरकाे बिचभागमा रहेकाे खाली ठाउँ।
छिँडी- घरकाे तल्लाे तला।
डुर- भाँडाधुन बनाएकाे ठाउँ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

तारा के. सी संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.