“सुनन अजु एउटा छोरी पाउँला
जसको रुप तिम्रो जस्तो अनि
दिमाग मेरो जस्तो होस्।
बर्षा याममा छानो चुहिइएला
दुबै मिलि छाउला, म धुरी चढ्छु
तिमी टायल समाउन दिनु”
यस्तै यस्तै तितामिठा
जिन्दगीका कुराहरु
गर्ने गर्थ्यौ तिमी हरेक रात फोनमा ……..
तिमी त मेरो जिन्दगी हौ
तिमी बाहेकको जिन्दगी त म
सोच्न पनि सक्दिन यार
भन्दै झारेका ती आँसु
गलत साबित भए आज
जसलाई मैले चोखो माया सम्झेको थिए
कुनै दिन
साह्रै नमज्जा लाग्यो
मलाई बेहुली बनाउने सपना
बोकेर हिडेको तिमीले
अरुलाइ नै अँगालेर
सञ्जालमा फोटो पोस्ट्याउँदै गर्दा
मैले बुझ्न नसकेको
अनि जान्न चाहेको
एउटा प्रश्न गर्छु तिम्लाई
अब चाहिँ मलाई भ्रममा नराखी
जवाफ देउ ल
भन्देउ न एक पटक साच्चै तिम्ले
विवाह नै गर्यौ कि सम्झौता ?
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।