लौ है आयो दिपावली
घर बत्तीले झिलिमिली
देउसीभैलो आउछन् मिलीजुली
घरै पिछे देख्छु फूलैफूल
जता-ततै देउसीभैलो को हूल
जता-ततै दियोको उज्यालो
देउसीभैलो आउँदा बाटै भिरालो
“भैलोनी आयो” भनेको
हरियो गोबरले लिपेको
“ए भन भन भाई हो” भनेको
वर्षदिन को चाढ़ बाड़ हो
बचाउनु नै पर्ने संस्कृति हो
दिपावली शीर्षकमा कविता मैले लेखेको
यसै कविता मार्फत शुभकामना जनाको
सबैको घर-आगन लक्ष्मी माताले टेकेको ।


