कुनै बेला
गरिबको खाना
गुन्द्रुक र ढिँडो थियो
ठूला बडाले
उपहास गर्थे ।
कालान्तरमा समयसँगै
आजभोलि गुन्द्रुक र ढिँडो
सोखले खाने
खाना बनेको छ ।
गरिबको झुपडीमा मात्र हैन्
राजा महाराजा नेता
साहु महाजनको घरमा
पाँचतारे होटल रेष्टुराँमा
जताततै पाक्न थालेको छ ।
गरिबको खाना
धनीले खुसीले
खान थाले
गरिबले अझै पनि
बाँच्नको लागि खान्छन् ।
युग परिवर्तन भयो
विचार परिवर्तन भयो
सबथोक परिवर्तन भयो
तर
गरिबी अझै परिवर्तन भएन ।



