Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » डा. दामोदर पुडासैनीको उन्नाइसौं कृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे प्रकाशित

डा. दामोदर पुडासैनीको उन्नाइसौं कृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे प्रकाशित

पुस्तक चर्चा - पुस्तकिय समाचार
हाम्रो कथा घरहाम्रो कथा घरकार्तिक २५, २०८१182 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

रत्न पुस्तक भण्डार, काठमाडौँले डा. दामोदर पुडासैनी ‘किशोर’को कवितासङ्ग्रह — “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” प्रकाशित गरेको छ ।
डा. पुडासैनीले सन् २०२३ मे २० देखि जुलाई २८ सम्म अमेरिका बसाईंका क्रममा ५३ वटा कविताहरू रचेका थिए । यी सबै कविताहरू अमेरिकी भावभूमि, मिथक र बिम्वमा आधारित भएर, वैज्ञानिक विकासको उपलब्धी समेटेर, अमेरिकी समाजको मनोभावना समेटेर र अमेरिका र बाहिरी विश्वको मानसिकता समेटेर रचिएका नवीन ढङ्गका सिर्जनाहरू हुन् । यस बाहेक डा. पुडासैनीले यस अघि पटक पटक अमेरिकाको भ्रमण क्रममा रचेका कृतिहरू प्रकाशनको पखाईमा छन् ।
उक्त कृतिको प्रकाशन संस्था रत्न पुस्तक भण्डारले भनेको छ — “मेन स्ट्रटमा कुदिरहेकी स्वास्नीमान्छे” कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूले नेपाली काव्य लेखन परम्परामा विलकुल नयाँ मोड ल्याएको छ । यी कविताहरूले जीवन र जगतलाई नयाँ ढङ्गले खोज्न उत्प्रेरित गर्दछन् र नवीन पथतिर अग्रसर बनाउँने सूत्रहरू समेत प्राप्त गर्न मद्दत मिल्दछ । यो सङ्ग्रह नेपाली काव्य जगतको नयाँ विषय र नयाँ शैलीको अति उत्तम नमूना भएर नै हामीले प्रकाशमा ल्याएका हौँ ।
पश्चिमबङ्गाल युनिभर्सिटी, भारतका प्रा.डा. कृष्ण घतानीले लेख्नुभएको छ — ‘कवि दामोदरको कविताकृति “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” अहिलेको जल्दोबल्दो युगको प्रतिछायाँ बोकेको विम्व हो । अमेरिकी कवि वाल्ट व्हिटमनले रचेका कवितासङ्ग्रह लिभ्स अबग्रासमा भन्दा डा. पुडासैनीले अझ आधुनिक दृष्टि दिएर विश्व वैभव सम्पन्न अमेरिकाको ऐश्वर्य, शक्ति, सामर्थ्य उजागर गर्न अमेरिकी विम्ब र प्रतीकको आधारमा विश्वमानव जीवनको वास्तविकता एकिन गरेका कविता रच्न सफल भएकाछन् । व्हिटमनका कविताको भाषाबारे इमर्सनले भनेजस्तै कवि दामोदरका कविताको भाषापनि साधारण मान्छेले बोल्ने भाषा छ । अझ दामोदरका कविता यति जीवन्त छन्, जसलाई काटे रगत आउँछ । यी कविताहरू आधुनिकोत्तर युगका गतिशील प्रतिकृतिहरू हुन् । अमेरिकी पृष्ठभूमिमा युग – यथार्थको यति सजीव रुपाङ्कन सायदै कुनै नेपाली कविले आजसम्म गरेका होलान् । यो कृति डायस्पोरिक जीवनशैलीको सुन्दर प्रतिविम्व हो, प्रतिकृति हो ।’

यसैगरी भाषा आयोग नेपालका सदस्य, समालोचक एवं कवि डा. अमर गिरीले यस पुस्तक बारे लेख्नुभएको छ — ‘कवि पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणामलाई नियाल्न सकिन्छ । उहाँका कविताहरू अन्तर्वस्तु र रुपका दृष्टिले अत्यन्त राम्रा छन् । अमेरिका बसेर गरिएका अनुभूतिहरूको कलात्मक प्रकाशनका कारण कविताहरू जीवन्त बनेका छन् । अमेरिकामा बस्नेहरूले गर्ने डायस्पोरिक अनुभूति, उनीहरूको पीडा र मनोविज्ञान, उनीहरूको स्वप्न र विरोधाभासको चित्रण पनि पुडासैनीका कवितामा राम्रोसँग गरिएको छ ।’

वर्तमान समयमा अमेरिकालाई कर्मभूमि बनाइरहनु भएका प्रसिद्ध कवि एवं लेखक गोविन्द गिरी ‘प्रेरणा’ ले लेख्नुभएको छ — ‘यो कवितासङ्ग्रहले कवि दामोदरलाई उर्जाशील कविका रुपमा पुनः प्रमाणित गरेको छ । कवि पुडासैनीले अमेरिका भ्रमणलाई पाइला पाइलामा कविता टेकेर, कविता सोचेर, कविता चिन्तन गरेर र कविता मनन गरेर कवितामय यात्रा बनाउन सफल भएका छन् । अमेरिकी विम्ब, अमेरिकी प्रतीकहरू यी कविताका पानाहरूमा छताछुल्ल देख्न र महसुस गर्न सकिन्छ ।’
“मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” डा. दामोदर पुडासैनी ‘किशोर’ को उन्नाइसौं कृति हो । यस अघि उहाँका दश कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह र एक दर्शनकृति समेत प्रकाशित भैसकेका छन् । जीवन र जगतलाई अनुभव र अनुभूतिका माध्यमबाट हेर्न, बुझ्न र विस्तार गर्न सकिने दर्शनलाई आत्मसात गर्दै रचिएका डा. दामोदर पुडासैनीका सबै कृतिहरू आमपाठकको छनौटमा पर्दै आएका छन् । यस अघि वि.सं. २०७९ सालमा प्रकाशित उहाँको नियात्रासङ्ग्रह “डोल्पो ! ओ डोल्पो !!” लाई साहित्य संगम मकवानपुरले केही समय अघि “वर्षभरिको सर्वोत्कृष्ट कृति पुरस्कार” प्रदान गरेको थियो । त्यसबाहेक उहाँका कृतिहरूमध्ये “ग्रीष्मको नीलो वतास”लाई ‘पवन आलोक नियात्रा पुरस्कार, २०७९’, सहर बिनाको सहरलाई ‘बादल भित्रको घाम सर्वोत्कृष्ट पुरस्कार, २०७५’, नमेटिएका चित्रहरूलाई ‘अन्तर्राष्ट्रिय नेपाली सर्वोत्कृष्ट पुस्तक पुरस्कार, सन् २०१५ र ‘उत्तम शान्ति पुरस्कार, २०७०’ प्राप्त गरेका छन् भने त्यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सयौं सम्मान तथा पुरस्कार पाउँन सफल भएका छन् । उहाँका वि.सं. २०७२ मा प्रकाशित सिमानाका रङ्ग ः सिमानाका तरङ्ग र वि.सं. २०७८ मा प्रकाशित ग्रीष्मको नीलो बतास नियात्रासङ्ग्रहहरू मदन पुरस्कार गुठीबाट प्रकाशित वर्षको सर्वोत्कृष्ट सूचीमा समावेश हुन सफल भएका थिए । विभिन्न विश्वविद्यालयका छात्रछात्राहरूले पुडासैनीका कृतिहरूमा आधारित रहेर दर्जनौं शोध पुरा गर्न सफल भएका छन् ।
डा. पुडासैनीले लामो समयसम्म नेपाल सरकारको नायवमहालेखापरीक्षकको रुपमा कार्य गर्नुभयो । उहाँ अडिटिङ विषयमा विधावारिधि (पीएच.डी.) पुरा गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ ।

डा. दामोदर पुडासैनी ‘किशोर’ को “मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे” कवितासङ्ग्रह रत्न पुस्तक भण्डार, बागबजार र भुँडीपुराण प्रकाशन, बागबजारमा उपलब्ध भैसकेको छ । निकट भविष्यमै देशका प्रमुख विक्रेता मार्फत उपलब्ध गराइने कुरा उक्त पुस्तकका प्रमुख वितरक भुँडीपुराण प्रकाशनका कशेव पराजुलीले बताउनु भयो । त्यसैगरी प्रकाशक रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ र सुरेश श्रेष्ठले अमेरिकी परिवेशमा रचिएका कविताहरूको यो सङ्ग्रह विश्वका सबै पाठकहरूको माग अनुसार युरोप र अमेरिकामा समेत उपलब्ध गराइने कुरा बताउनुभयो ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. दामोदर पुडासैनी किशोर पुस्तकिय समाचार मेन ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे

यो पनि पढ्नुहोस्...

समीक्षा: पीडामाझ जीवन जिउन सिकाउने कविता | हाम्रो कथाघर

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.