हामीले भेट्नु चाहेको एक भगवान-
लाई भगवानको कुर्सीबाट हटाउन,
भेट्न चाहन्छौँ
निक्कै उचाइमा बस्नेलाई
खसाउन
त्यहि उचाइमा पुग्नुपर्छ
हामी सधैं बनाउने निधो गर्छौँ,
बाबेलको टावर !
हामी अलिकति उचाइमा पुग्छौँ ।
धर्तीमा ओर्लान्छ ऊ
र हामीलाई विभाजित गरिदिन्छ,
लाग्छ यो हाम्रो संघर्ष नभएर
शिशिफसको मिथ हो
निश्चित छ, हातको ढुंगा खस्नु
सायद यो हाम्रो संघर्ष नभएर
प्रोमिथसको कलेजो हो
निश्चित छ एउटा चिलको भोजन
उसले कुनैबेला चाहेको थियो हामी
केहि नसुनौँ,
केहि नदेखौँ,
केहि नबोलौँ
हाम्रो निर्णय पनि यहि छ
बाबेलको टावर नबनाईसकुन्जेल हामी
केहि सुन्नेछैनौँ,
केहि देख्नेछैनौँ,
केहि बोल्नेछैनौँ
प्रोमिथसको कलेजो खाने चीललाई
हेराकल्सले मारेको थियो
यही मात्र थाहा छ हामीलाई
हामीले १०० पटकसम्म
शिशिफसको हातको ढुङ्गा गुर्केको हेर्यौं
र गयौँ
आफ्नो सत्यको चित्र मस्तिस्कमा कोरेर
१०१औं पटकमा,
प्रोमिथियस गएको थियो शिशिफसलाई सघाउन।
यतिबेला, उनीहरू ढुंगामा आडेस लाएर
पाहाडको टुप्पोमा आराम गरिरहेछन् !
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।