— “ए निर्मल ! तँलाई के भनेको हुँ मैले भुलिस की क्याहो ?” बासुले सोध्यो।
— “हजुरले भनेको मैले किन भुल्थेँ।” निर्मल खिसिक्क हाँस्यो।
— “खैत केटाहरू ?” सटिकमा इसारा गर्यो।
— “हजुर केटाहरू त लिएर आएको थिए बाटैमा आउँदा आउँदै ठुलो साहेबले लग्यो।अब एउटा अलि सानो केटा छ।” निर्मलले भित्रतिर हेर्दै भन्यो।
— “सानु भएपनि हुन्छ तर अचेल बाल मजदुर राख्न सक्ताई छ।
कसैले सोध्यो भने फसाद पर्छ। मलाई अहिले मानव अधिकार आयोगमा राखेका छन्।” बासुले भन्यो।
— “हजुरको प्रशासन सबै सँग चिनजान छ क्यारे ! वर्ष दिन सम्म कजाएर पैसो नदिएर भगाउँदा पनि हजुरलाई समातेनन् कसैले।” निर्मलले बासुको प्रसंसा गर्दै भन्यो।
— “तँलाई के थाहा त्यो केसमा त मलाई खासै फाइदा भएन पुलिसले खायो पैसा, आधा – आधा गरम भन्दा पनि मानिन। मुर्दारले ” बासुले पान चपाएको थुक पिचिक्कै भित्तोमा थुक्दै भन्यो।
— “यसलाई के गरौँ हजुरले राख्नुहुन्छ ? तलब दिनुपर्छ यसलाई यो मेरो चिनजानको केटा हो।” निर्मलले सोध्यो।
— “यसलाई सम्झाइदिनु कसैले सोध्योभने अट्ठार वर्ष भन्छ। नत्र दुःख हुन्छ। गोर्खाली बहादुर हो उमेर पुगेको छ भन्न लगाए।” बासुले सम्झायो।
— “हस् म सम्झाई दिन्छु।” निर्मलले आश्वासन दियो।
दाङ घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।