जसले खुशीकाे व्यापार गराेस्
दुख जति सबै किनेर नाफा जाेडी खुशी बेचाेस्
गाेदामभरी जम्मा गरेका दुखहरु
पुछपाछ पारेर धुलाे टक्टक्याउँदै खुशीका दाममा बेचाेस्
जिन्दगी र जीवनहरु खुशीकाे अभावमा छट्पटाइरहेका हुन्
खुशी किन्नेहरुकाे लाइन किलोमिटर पर पुगाेस्
खुशी किन्न पाउँ भन्दै नारा लागाेस्
सबैले भनुन्
खुशी किन्न दे! खुशी किन्न दे!
नाराबाजी बढ्दै जाओस्
हुलदंगा सुरु हाेस्
सुरक्षाकर्मीले घेरा हालुन, धरपकड गरुन्।
नेपथ्यमा नारा लागिरहाेस्
खुशी किन्न दे! खुशी किन्न दे।
भाेली पल्ट छापाले ठुला अक्षरमा छापाेस्
खुशीकाे कालाे बजारी गर्ने एक दुखी व्यापारी पक्राउ।
एउटा व्यापारी बन्नु छ
जसले खुशीकाे व्यापार गराेस्।


