जसले खुशीकाे व्यापार गराेस्
दुख जति सबै किनेर नाफा जाेडी खुशी बेचाेस्
गाेदामभरी जम्मा गरेका दुखहरु
पुछपाछ पारेर धुलाे टक्टक्याउँदै खुशीका दाममा बेचाेस्
जिन्दगी र जीवनहरु खुशीकाे अभावमा छट्पटाइरहेका हुन्
खुशी किन्नेहरुकाे लाइन किलोमिटर पर पुगाेस्
खुशी किन्न पाउँ भन्दै नारा लागाेस्
सबैले भनुन्
खुशी किन्न दे! खुशी किन्न दे!
नाराबाजी बढ्दै जाओस्
हुलदंगा सुरु हाेस्
सुरक्षाकर्मीले घेरा हालुन, धरपकड गरुन्।
नेपथ्यमा नारा लागिरहाेस्
खुशी किन्न दे! खुशी किन्न दे।
भाेली पल्ट छापाले ठुला अक्षरमा छापाेस्
खुशीकाे कालाे बजारी गर्ने एक दुखी व्यापारी पक्राउ।
एउटा व्यापारी बन्नु छ
जसले खुशीकाे व्यापार गराेस्।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।