एक आधा कथा र अधकल्चो मान्छे
उस्तै हुँदोरहेछ
सुनुँ सुँनु लाग्ने कथन
बिस्तारै ओझेल परे जस्तै
कौतुहलताको काँडाले घोचे जस्तै
न तल न माथी भएर फलेको
काँक्रा फर्सी जस्तै
न फेद न टुप्पो केही नमिल्ने
नदीको आकार जस्तै
एक अधकल्चो मान्छे
हिजो जस्तै आज पनि
सग्लो बन्नका खातिर
– निलो गगन
– सेतो कुहिरो
– हरियो वन
– रातो गुलाफ
– कालो रात
– बैजनी किरण
– रंङ्गिन इन्द्रेणी हेरेर
झन आधा
आधाको नि आधा भएर
जीवन जिइरहेको छ….।



