स्थिर छैन तन
कहिले गर्छ तलमाथि
कहिले वारिपारि
कहिले हुन्छ दायाँ बायाँ
चञ्चल भइरहन्छ मन ।
तलाउ झैं शान्त मनमा
अचानक छाल आइदिन्छ
आँधी बेहरीसँगै
वर्षा बर्सिन्छ
आकाश धर्ती वेगले गर्जन्छ
क्षण भरमै
क्रान्तिकारी मनले
सुन्दर बस्ती उजाड बनाइदिन्छ।
अनियन्त्रित मनले एक्लै
ब्रह्माण्डको नियन्त्रण गर्छु भन्छ
बेथिति र अराजकताको विरुद्ध
न्याय र सत्यको पक्षमा
आवाज बुलन्द पार्छु भन्छ ।
बिचरा मन
शासकको सनकमा पर्छ
स्वतंत्रता र मौलिक हक रोज्दा,
झ्याल खानामा गएर थुनिन्छ।
निर्दोष मन !
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।