“अस्मितालाई कत्रो ठूलो बज्रपात पर्यो ?´´ उसको श्रीमानको मृत्युप्रति साइँली दिदीले सहानुभूति बाढ्दै भनिन् ।
अस्मिता केवल रोइ मात्र रही । केही बोलिन । सुझाव दिँदै उनले पुन: थपिन् , “यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस् । तीन- तीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी , तँ जागिर गर् । पढेलेखेको के काम ? ´´
गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई । साइँली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित् निवेदन हाली । उसको नागरिकतामा श्रीमानको थर ‘लम्साल’ थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’ थियो । यसै विषयमा कर्मचारी र ऊ बीचमा ठूलै विवाद पऱ्यो। अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई ।
लिखित र मौखिक परीक्षामा राम्रो अङ्क ल्याएर पास गरी । अन्तरवार्ता राम्रो भयो । ऊ ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन ।
ऊ आक्रोशित भई ।
गाउँपालिका पुगेर हाकिमसँग ठाडै प्रश्न गरी, “मेरो भन्दा कम अङ्क आएको मानिसलाई किन नियुक्ति गरियो ? आखिर किन ?´´
हाकिमले सहजै भने, “उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ।´´
भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट : ४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।