(महिला हिंसा विरुद्धको सन्दर्भमा)
“के भयो विजय किन उदास भएका छौ ? आज त खुसी हुनुपर्छ। आज भाइटीकाको दिन पनि हो।” – राजेशले विजयको अनुहार नियाल्दै भने।
“हो त्यसैले त आजको दिनमा मलाई कस्तो – कस्तो महसुस भएको छ।” – विजयले लामू श्वास फेर्दै भन्यो।
“किन हो ? आज दिदीलाई दिने धन भएनकी क्या हो ?” – उसले विजयको निधार तिर हेर्दै भन्यो। “विजयले भर्खरै टीका लगाएको थियो । उस्को घाँटीमा ताजा सयपत्री फूलको माला पनि थियो।”
“त्यसो होइन धन् पैसा यति ठुलो बिषय होइन। बरू आजको यो समाजमा रहेका मानव रूपी राक्षेसबाट दिदीलाई जोगाएर आफ्नो कर्तव्य पुरा गर्न सक्छु की सक्दिन भनेर चिन्तित् भएको मात्र हो। – विजयले मनको कुरा बतायो।
“ओहो त्यो कुरालाई चिन्ता गरेर समस्या हल हुन्छ र आफ्नो अधरलाई कालो बादलले ढाकेका छौ ? बरू त्यो समय आएपछि देखाजाला भनेर खुसी बनौँ।” – राजेशले ठटौले सैलिमा भन्यो।
“हजुरले यत्ति सोच्नुहोस् हजुर हामि निर्मला पन्थको दाई भाई भएको भए के गर्थ्यौँ होला ?” – विजयले प्रश्न राख्यो।
अहिले यो प्रश्न सुनेपछि राजेश केही बोलेन तर अनुहार अंध्यारो भयो र उस्को सिर निहुरिएको थियो।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८