देखेर पनि नदेखे जस्तै गर्ने
यी आँखाहरूको दाेष होइन
याे मन भित्रको षड्यन्त्र हाे ।
नाफा माथि महा नाफा खाेज्ने
याे मनकाे लोभिपना हाे ।
अत्याचारी पन हाे ।
काउकुति पन हाे ।
खाएर पनि भाेक भाेकै ठान्ने
याे पेटकाे दाेष देख्दिन मैले
यी खालि पेटका कुना कुनामा
खादि- खादि भरिएका
अनब्रत अन्नका दानाहरुले
फेरि पनि मनकाे लालसाले
म अझैसम्म अघाउन नसकेको
अलार्म बजाइरहेको हुन्छ ।
जसरी,
त्यो समुद्रको तटमा माछाकाे लागि
पानी कम परिरहेको हुन्छ ।
यी नयनहरुले देख्ने दृष्य
सबै देखेर तृप्त भैसकेको संकेत छ
तर,
याे चञ्चल मनले अझै पनि
आफ्नो कौतुहलता नमेटिएरै
अहंकार देखाइरहेको हुन्छ ।
सायद यसैलाई भनिन्छ हाेला
किस्मत भन्दा धेरै खाेज्दै हिड्नु
बिलासीपनको बिलासी जिवन
हामीलाई त्यो थाहा हुनुपर्छ कि
न त हाम्रो चाहना जति नसीब हुन्छ
न त उसले हामीलाई दिने कुराहरू कम हुन्छ ।
त्यसकारण दैवको लेखान्त नै
हाम्रो नसीबको भाग हो ।
-ईश्वर साउद ‘भिक्षु’
रामारोशन गा.पा, ६ अछाम सुदुरपश्चिम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।