देखेर पनि नदेखे जस्तै गर्ने
यी आँखाहरूको दाेष होइन
याे मन भित्रको षड्यन्त्र हाे ।
नाफा माथि महा नाफा खाेज्ने
याे मनकाे लोभिपना हाे ।
अत्याचारी पन हाे ।
काउकुति पन हाे ।
खाएर पनि भाेक भाेकै ठान्ने
याे पेटकाे दाेष देख्दिन मैले
यी खालि पेटका कुना कुनामा
खादि- खादि भरिएका
अनब्रत अन्नका दानाहरुले
फेरि पनि मनकाे लालसाले
म अझैसम्म अघाउन नसकेको
अलार्म बजाइरहेको हुन्छ ।
जसरी,
त्यो समुद्रको तटमा माछाकाे लागि
पानी कम परिरहेको हुन्छ ।
यी नयनहरुले देख्ने दृष्य
सबै देखेर तृप्त भैसकेको संकेत छ
तर,
याे चञ्चल मनले अझै पनि
आफ्नो कौतुहलता नमेटिएरै
अहंकार देखाइरहेको हुन्छ ।
सायद यसैलाई भनिन्छ हाेला
किस्मत भन्दा धेरै खाेज्दै हिड्नु
बिलासीपनको बिलासी जिवन
हामीलाई त्यो थाहा हुनुपर्छ कि
न त हाम्रो चाहना जति नसीब हुन्छ
न त उसले हामीलाई दिने कुराहरू कम हुन्छ ।
त्यसकारण दैवको लेखान्त नै
हाम्रो नसीबको भाग हो ।
-ईश्वर साउद ‘भिक्षु’
रामारोशन गा.पा, ६ अछाम सुदुरपश्चिम


