युद्ध चलिरहेछ आमा
तिम्रो छातीमा तिम्रै सन्तानहरु बीच एकआपसमा
कैले एकीकरण को नाममा
त, कैले स्वतन्त्र, लोकतन्त्र र गणतन्त्र को नाममा
त…. कैले भागबण्डा को नाममा
युद्ध चली रहेछ,
बगी रहेछ तिम्रा छातीमा
तिम्रा सोझा सिधा सन्तानहरूको रगत
तिमीलाई टुक्रा टुक्रा पारी रहेछ दानवहरू
तिम्रो मौनताको फाइदा उठाउँदै
कुसन्तानले राज गरी रहेछ
प्रकृति मै सुन्दरताको खानी बनी जन्म लिएको तिमी
दाग लगाई रहेछ तिम्रो शरीरमा
मोल मोलाई चलिरहेछ तिमीमाथि
बेची सके….
तिमी सजिएको गहनाहरू,
तिम्रो नशामा बग्ने खुन, पसिना
बाँकी छ त…..
केवल….
सूर्यको किरणसँगै
तिम्रो मुहार खुलाउन
शिरमा सजिएको एक चिम्टी सिन्दुर बेच्न !
– नवीन श्रेष्ठ
खोटाङ, बराहपोखरी


