युद्ध चलिरहेछ आमा
तिम्रो छातीमा तिम्रै सन्तानहरु बीच एकआपसमा
कैले एकीकरण को नाममा
त, कैले स्वतन्त्र, लोकतन्त्र र गणतन्त्र को नाममा
त…. कैले भागबण्डा को नाममा
युद्ध चली रहेछ,
बगी रहेछ तिम्रा छातीमा
तिम्रा सोझा सिधा सन्तानहरूको रगत
तिमीलाई टुक्रा टुक्रा पारी रहेछ दानवहरू
तिम्रो मौनताको फाइदा उठाउँदै
कुसन्तानले राज गरी रहेछ
प्रकृति मै सुन्दरताको खानी बनी जन्म लिएको तिमी
दाग लगाई रहेछ तिम्रो शरीरमा
मोल मोलाई चलिरहेछ तिमीमाथि
बेची सके….
तिमी सजिएको गहनाहरू,
तिम्रो नशामा बग्ने खुन, पसिना
बाँकी छ त…..
केवल….
सूर्यको किरणसँगै
तिम्रो मुहार खुलाउन
शिरमा सजिएको एक चिम्टी सिन्दुर बेच्न !
– नवीन श्रेष्ठ
खोटाङ, बराहपोखरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।