फूल जस्तो सुन्दर
सधै मुस्कुराई रहुँ,
नाँचि रहुँ जस्तो लाग्ने भूगोल
हिजो आज
हाट बजार, खेतीपाती,
चौतारी, पाठशाला समेत सुनसान पारेर
यी सबैलाई तिमीले
मुग्लानकाे ओरालो झारेको देख्दा
नेतृत्व तिमीसँग
रुष्ट छ मेरो देश ।
मेरो देशले
माटोमा जेलिएका
तिम्रा
यी सबै बनमाराहरु मास्न
एक युवक तयार गरेको छ
ऊ आउदै छ
सबेरै
स्वभिमानको राँको बोकेर,
उस्ले
बनमाराका सबै जड, अवशेषहरु
खोतल्दै, दनदनी बाल्ने छ
दिउसै ।
– बिष्णु ढकाल
कन्याम, इलाम


