म भन्छु तपाई मान्छे बन्नुहोस्
तपाई भन्नुहुन्छ म बाघ हो
बाघ पनि एउटा जनावर हो
उसको एउटा क्षमता हुन्छ
आफ्नो आहारको लागी
जसको जहाँ पनि ज्यान लिन सक्छ
उसको भर हुँदैन
उसले खुन पिउँछ, मासु लुच्छ,
मात्र कमजोर जनावरको
म भन्छु,
तपाई मान्छे बन्नुहोस्
तपाई भन्नु हुन्छ म बाघ हो
बाघले भोक हेर्छ, विवेक हुँदैन
उ निर्दयी जस्तै हुन्छ, निमुखा हेर्दैन
म भन्छु तपाई मान्छे बन्नुहोस्
तपाई भन्नु हुन्छ म बाघ हो
याद गर्नुहोस्
मान्छेमा मानवता हुन्छ
मान्छे मानव नै हुनुपर्छ
आफ्नो पहिचान राख्नलाई
जनावर जनावर नै हो
सकिन्छ उसलाई थुनेर राख्न लाई
म भन्छु
तपाई मान्छे बन्नुहोस्
तपाई भन्नु हुन्छ म बाघ हो
कुकुर जस्तो बफादार
बाघ हुँदैन
गधा जस्तो मिहिनेती
बाघ हुँदैन
म भन्छु
तपाई मान्छे बन्नुहोस्
तपाई भन्नुहुन्छ म बाघ हो
– सन्तोष पाैडेल
फलेवास, पर्वत



