म भन्छु तपाई मान्छे बन्नुहोस्
तपाई भन्नुहुन्छ म बाघ हो
बाघ पनि एउटा जनावर हो
उसको एउटा क्षमता हुन्छ
आफ्नो आहारको लागी
जसको जहाँ पनि ज्यान लिन सक्छ
उसको भर हुँदैन
उसले खुन पिउँछ, मासु लुच्छ,
मात्र कमजोर जनावरको
म भन्छु,
तपाई मान्छे बन्नुहोस्
तपाई भन्नु हुन्छ म बाघ हो
बाघले भोक हेर्छ, विवेक हुँदैन
उ निर्दयी जस्तै हुन्छ, निमुखा हेर्दैन
म भन्छु तपाई मान्छे बन्नुहोस्
तपाई भन्नु हुन्छ म बाघ हो
याद गर्नुहोस्
मान्छेमा मानवता हुन्छ
मान्छे मानव नै हुनुपर्छ
आफ्नो पहिचान राख्नलाई
जनावर जनावर नै हो
सकिन्छ उसलाई थुनेर राख्न लाई
म भन्छु
तपाई मान्छे बन्नुहोस्
तपाई भन्नु हुन्छ म बाघ हो
कुकुर जस्तो बफादार
बाघ हुँदैन
गधा जस्तो मिहिनेती
बाघ हुँदैन
म भन्छु
तपाई मान्छे बन्नुहोस्
तपाई भन्नुहुन्छ म बाघ हो
– सन्तोष पाैडेल
फलेवास, पर्वत
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।