सम्झन मन लाग्छ-
बिगतका पलहरू
सम्झन मन लाग्छ-
बाटो बिराई हिँडेका दिनहरू
सम्झन मन लाग्छ-
ठेसलाग्दा दुखेका यी औलाहरु
सम्झन मन लाग्छ-
जिन्दगीका भोगाइहरु
सम्झन मन लाग्छ-
सुनसान रातमा मेरा हातले तिम्रो कपाल सुम्सुमाएको
सम्झन मन लाग्छ-
मेरो काखमा तिमी निदाएको
सम्झन मन लाग्छ-
बितेका पल, थाकेर सुस्ताएका दिनहरू
सम्झन मन लाग्छ-
गोरेटोमा तिमीले गरेको स्पर्श
मैले गरेको प्रेम
घरी घरी समयलाइ प्रश्न गर्न मन लाग्छ
मेरा रमाइला क्षण अझै जीवित छन् ?
कविको परिचय
नाम: सरिता पराजुली
जन्म स्थान – धर्मस्थली काठमाडौं
हाल निवास- रोज भिलेज बालकोट, भक्तपुर
प्रकाशित पुस्तकहरु
( प्रेमिल प्रतिध्वनी कविता संग्रह )
( थेम्स किनार वरिपरि नियात्रा(नियात्रा संग्रह )
प्रकाशोन्मुख:
लघुकथा संग्रह- १
नियात्रा संग्रह- १
कविता संग्रह- १
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।