रुझेको तन
बिथोलिएको मन,
बे’मान झरी !
आएर गयाे,
उजाडेर सहर
कस्ताे मा’मारी !
दर्केर आयो
बगाइलग्याे स्वप्न,
उजाड बस्ती !
दर्कियाे झरी
गर्ज्यो गगन पनि
बगे सपना !
मच्याे वितण्डा
न राेक्नु, न छेक्नु भाे,
दैवकाे लीला !
अभिषप्त ऊ
विजयको उन्माद,
गुमेको मान !
नम्रता बराल
बिराैटा, पाेखरा-१७


